छोटो क्यानभासको चित्र
सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा…।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन । अझ, पुँजीवादी राज्यव्यवस्थाले त नारीलाई केवल वस्तुका रूपमा मात्रै अंगीकार गर्दै आयो । पुँजीवादले नारीलाई बजारमा बेच्न राखिने वस्तुसिवाय केही ठानेन ।
कुन राजनीतिक प्रणालीमा नारीहरूले मुक्ति र स्वतन्त्रताका गीत गाउन पाउँछन् ? यो प्रश्न उब्जिएको धेरै अवधि बितिसकेका छन् । तर पनि नारीहरूको अवस्था पूर्ववर्ती समाज र समयभन्दा खासै पृथक् देखिँदैन । पछिल्लो समय भने केही सचेतना त आएका छन् तर पनि त्यसलाई पर्याप्त मान्न सकिँदैन । नेपाली साहित्य जगत्मा आफ्नै उचाइँ बनाएकी स्रष्टा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ मा नारीहरूको मनोदशा र पीडालाई केलाउने भरमग्दुर प्रयत्न गरिएको छ । कथालेखनमा फरक पहिचान बनाएकी ढुंगानाको यो पहिलो औपन्यासिक कृति हो ।
कुनै बेला नेपालका उच्च एवं मध्यमवर्गीय परिवारको साइनो जोडिएको थलो थियो, बनारस । मूलतः उच्च शिक्षा प्राप्त गर्नका लागि बनारसलाई रोज्ने गरिन्थ्यो । त्यही बनारसमै प्रारम्भिक शिक्षा पाएकी मन्दोदरी (बोलाउने नाम माया) को वरिपरि यो उपन्यास घुमेको छ । माया, नृत्यमा रुचि राख्ने विद्यार्थी । प्राथमिक तहमा अध्ययन गर्दा उनलाई एउटी गुरुआमा पूर्णिमाले नृत्य सिकाउँछिन् । आफ्ना सहपाठी अजय र गिरिधर उनको निकट हुन पुग्छन् । अजयसँग उनको घनिष्ठता यतिसम्म बढ्छ कि दुवैले एकअर्काका खाजा बाँडेर खान्छन् । त्यसका साक्षी हुन्छन्, गिरिधर । नेपालकी बासिन्दा मायाले त्यो विद्यालयसँग जोडिएको स्मृतिलाई थाती राखेर नेपालमै फर्किन्छन् ।
पछि भने आफ्नी दिदीसँग बनारस जाने क्रममा उनको भेट हुन्छ– गिरिधरसँग । गिरिधरकै माध्यमबाट बाल्यकालमा आफूले खाजा बाँडचुँड गरेका अजयलाई भेट्ने उत्कट चाहना उनी राख्छिन् । केही वर्षको अन्तरालमा पुनः बनारसमा जाँदा गिरिधरकै माध्यमद्वारा अजयसँग भेट हुन्छ । सेनाको अधिकृत तहका अजयलाई उनकै घरमा भेट गर्न जान्छिन् । अजयसँगको भेटमा स्कुले–जीवनका सबै झझल्काहरू ताजा भएर आउँछन् । अझ पछिल्लो समय त आफूले अध्ययन गरेको स्कुलमा जाँदा आफ्ना नृत्यप्रशिक्षिका पूर्णिमासँग समेत उनको भेट हुन्छ ।
प्रत्येक मानिस स्वादद्वारा निर्देशित हुन्छन् भन्ने यथार्थ बनारसमा बस्दा जिब्रोमा टाँसिएको जिलेबीको स्वादको प्रसंगले पुष्टि गर्छ । एउटै वाक्य पटकपटक दोहो¥याइएको छ, ‘बाल्यकाल अब फर्किदैन, जिलेबीको स्वाद फर्किन्छ ।’ कतै कथातŒव, कतै निबन्धको शैली र कतै कवितात्मक अंशहरू यो उपन्यासलाई पठनीय बनाउने आधारहरू हुन् ।
यो उपन्यास मध्यम वर्गीय परिवारमा हुर्किएकी एउटी महिलाको कथावरिपरि घुमे पनि नारीव्यथा, उत्पीडन र पुरुष–चिन्तनद्वारा सताइएका सामाजिक÷सांस्कृतिक सन्दर्भहरूलाई लेखाजोखा गर्ने दिशातिर केन्द्रित देखिन्छन् । एउटी नारीले प्रसवकालीन समयमा भोग्नुपर्ने व्यथादेखि महिनावारी हुँदा झेल्नुपर्ने शारीरिक उल्झनसम्मका कथाहरू छन् । सिधै नभने पनि सामन्ती समाजमा नारीले भोग्नुपरेका कष्टदायक अवस्थाहरूलाई झल्काउने प्रयत्न भने गरिएको छ । अर्थात्, नारीलाई परित्यक्त पात्रका रूपमा उभ्याउने प्रयत्नमा यो आख्यान केन्द्रित छ ।
यो उपन्यास छोटो क्यानभासमा पोतिएको चित्रजस्तै लाग्छ । र, चित्र बनाउनेचाहिँ सिद्धहस्त कलाकर्मी । आखिर, क्यानभास जत्रो भए पनि दर्शकलाई तान्ने त त्यसको कलापक्षले नै हो । त्यसको सुन्दरताले नै हो । र, त्यसको विषयवस्तुले नै हो ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply