मन्त्री गुरुङद्वारा प्रभावित क्षेत्रको स्थलगत अवलोकन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौं घरपरिवार विस्थापित भएपछि उनीहरूलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका हुन् । जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरूसहित प्रभावित क्षेत्रमा पुगेका उनले बाढी, पहिरो प्रभावित टुनीटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनुभएको थियो भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए । मन्त्री गुरुङकै पहलमा रेडक्रसलगायत सामाजिक संघसंस्थाहरूले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आइतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए । त्यसक्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गरेको थिए ।
मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरू, प्रजिअ भीमकान्त शर्मा, पत्रकारहरूलगायत सहभागी भएका थिए । सो बाढि र पहिरोमा परी कालिञ्चोक गाउँपालिका–८ सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षति भएको थियो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply