पाँच डीआईजी थपिँदै, को–को छन् आकांक्षी ?
काठमाडौं । सरकारले नेपाल प्रहरीमा पाँच डीआईजी थप्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यससम्बन्धी प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले पनि यसलाई स्वीकृत गर्ने बुझिएको छ ।
नेपाल प्रहरीमा पहिले २६ जना डीआईजीको दरबन्दी थियो । त्यो संख्या बढी भयो भन्दै गत फागुनमा १३ मा झारिएको थियो । संख्या घटाउँदा प्रहरीको वृत्ति विकास र कार्यसम्पादनमै पनि आँच पुगेको भन्दै संगठनभित्र यसको व्यापक विरोध रहँदै आएको थियो । अब पाँच दरबन्दी थपिँदा डीआईजीको दरबन्दी १८ हुन्छ । हाल रहेको १३ डीआईजी दरबन्दीमा पनि तीनजना खाली नै छ । तीन डीआईजीमा दिवेश लोहनी, गणेश ऐर, पुरुषोत्तम कँडेल पर्ने निश्चितजस्तै रहेको बताइन्छ । पाँच डीआईजीको दरबन्दी थपिए त्यसका लागि एसएसपीहरू दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहोरा, रामत्रिपाल साह, पूजा सिंह, सुशीलकुमार यादव, शेरखर कोइराला लगायतबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply