पेट्रोल पम्पका करोडौं डुबाउनेविरुद्ध कारबाही सुरु
काठमाडौं । नेपाल प्रहरीको कल्याण कोषअन्तर्गत सञ्चालित पेट्रोल पम्पमा एक करोडभन्दा धेरै अनियमितता गर्नेविरुद्ध काराबाही सुरु भएको छ । नक्सालस्थित पेट्रोल पम्ममा एक करोड बढी हिनामिना गरेर फरार रहेका असई दिलीप कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गर्नुका साथै उनलाई फक्राउसमेत गरेको छ ।
नक्सालस्थित पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले पम्पको पैसा आफ्नोमा खातामा जम्मा गरेर अनियमितता गरेका थिए । तीन महिनादेखि फरार रहेका कार्कीलाई उच्च अधिकारीहरूहरूको समेत साथ र समर्थन रहेको बताइएको छ । उनको अनियमिततामा उच्च प्रहरी अधिकारीको समेत मिलेमतो रहेको भन्दै बुधबारले गत अंकहरूमा यस सम्बन्धमा समाचार प्रकाशन गर्दै आएको थियो । ‘पम्पको लाखौं हिनामिना गर्नेको अझै खोजी भएन’ शीर्षकमा बुधबारमा समाचार प्रकाशित भएको थियो । समाचार प्रभावका कारण नै प्रहरी मुख्यालयले कार्कीविरुद्ध छानबिन गर्नुका साथै अख्तियालाई अनुसन्धानमा सहयोग गरेको थियो ।
कार्की पक्राउ परेसँगै उनलाई देखाएर त्यो कोषमा लुट मच्चाउने अन्य प्रहरी हाकिमहरूसमेत त्रसित भएका छन् । कार्कीले पम्पको एक करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । कार्कीले लामो समयदेखि अनियमितता गर्दै आएकोमा पूर्वआईजी सर्वेन्द्र खनालको कार्यकालमा पम्पमा यसरी बढी नै हिनामिना भएको हो ।
कार्की एक्लैले हिनामिना असम्भव भएको र पम्पका अन्य प्रहरी, कल्याण कोषका अधिकारीहरू समेत संलग्न भएकाले यसमा अन्य उच्च अधिकारीहरू पनि तानिने सम्भावना छ । असई कार्की उच्च तत्कालीन आईजी सर्वेन्द्र खनाललगायत अन्य प्रहरी प्रहरी अधिकारीका प्रिय थिए । अनियमिततामा कार्कीले अन्य प्रहरी अधिकारीलाई समेत बयान दिएको बुझिएको छ ।
त्यसो त उक्त पम्पमा लाखौं अनियमितता गर्नेहरू प्रहरीका हाकिमहरूबाट नै संरक्षण हँुदै आएका थिए । हाल पम्पका इन्चार्ज प्रहरी निरीक्षक वासुदेव नेपाल छन् । उनले विगत एक वर्षदेखि कमान्ड गरिरहेको पम्पमा व्यापक अनियमितता जारी छ । प्रहरी नियमावलीअनुसार कार्यालय छाडेको वा गैरहाजिर रहेको १५ दिनपछि खोजतलास गर्नुपर्ने, सम्पर्कमा आएन भने पत्रिकामा सूचना निकाल्नुपर्ने हुन्छ । तर, असई कार्की विगत तीन महिनाभन्दा बढीदेखि पम्पको सम्पर्कमा रहेका छैनन् । विगत १३ वर्षदेखि लगातार पम्पको लेखा शाखामा रहेका असई कार्की पछिल्लो समय करोड रकम बेरुजु देखिने भएपछि बेपत्ता भएका थिए ।
पम्पमा बसेर लाखौं रकमको तेलको आयात, निर्यात र बिक्रीको फेहरिस्त राख्ने जिम्मेवारी पाएका उनले त्यसको हरहिसाब राम्रोसँग नराखी रकम मासेकाले अहिले भागीभागी हिँडेका थिए । प्रहरी कर्मचारीहरूको आन्तरिक अडिट प्रहरीभन्दा बाहिरको व्यक्तिले गर्न नपाउने भए पनि कल्याण कोषको अडिट भने चार्टर एकान्टेन्ट जीवन पौडेललाई गराउने गरिएको छ । महालेखापरीक्षकको विभागअन्तर्गतका कर्मचारी रहेका पौडेलले नै लामो समयदेखि पम्पको अडिट गर्दै आइरहेका छन् । उनैले आफ्ना अडिट फर्मका कर्मचारीलाई खटाएर पम्पको हिसाब मिलाउँदै आए पनि यसपटक भने मोटो रकम हिनामिना गररे कार्की बेपत्ता भएकाले मिलाउन समस्या परेको थियो ।
प्रहरी महानिरीक्षक संरक्षक रहने प्रहरी कल्याण कोषको अध्यक्ष प्रशासन विभागका एआईजी हुने गर्छन्, जसले प्रहरीका लागि विभिन्न किमिसका सेवा प्रदान गर्दै आएको छ । हाल पेट्रोल पम्प हेल्थ क्लब कोषअन्तर्गत सञ्चालन भइरहेको ती सबै निकायमा अनियमितता जारी रहेको बताइन्छ ।
त्यसैले प्रहरी कल्याण कोषका एसएसपी लालमणि आचार्यले नक्सालस्थित प्रहरी पेट्रोलपम्प र सामाखुसीस्थित प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूमा छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply