लोकभाकाको उत्खनन
लोक संस्कृतिले कुनै पनि संस्कृतिलाई नैसर्गिक सौन्दर्य प्रदान गर्दछ । साहित्य होस् वा अन्य कुनै कला, त्यसमा लोक–संस्कृतिको रङलाई मिसाउन सकियो भने त्यसले संस्कृतिको गुणात्मकता र अर्थवत्तामा झनै वृद्धि हुन जान्छ । लोक–संस्कृतिलाई सुन्दर र मौलिक स्वरूप प्रदान गर्ने तŒव हो– लोकगीत । नेपाल सदियौंदेखि लोकगीत र संगीतले सिँगारिँदै आएको छ र हरेक गाउँबेंसी, लेक, खर्क, कुना–कन्दरा, दुन, भावर र समथर फाँटहरू लोक–संगीतले समृद्ध छन् ।
वरिष्ठ संस्कृतिविद्÷भाषासेवी सत्यमोहन जोशीले देशका विभिन्न भूभागहरूमा भ्रमण गर्दा बटुलेका लोकगीतहरूको सँगालो ‘हाम्रो लोक संस्कृतिमा लोक लहरी’ पुनः प्रकाशन भएको छ । दशकौंपूर्व कर्णालीलगायत भेगमा लोक संस्कृतिको अध्ययन गर्न जाँदा बटुलेका लोकभाकाहरूको पुस्तक पहिले नै प्रकाशित भइसकेको थियो । तर, अप्राप्य रहेको सो पुस्तकले पुनः प्रकाशनको मुख देख्न पाएको छ ।
कुनै पनि मुलुकको समृद्धिको मापन त्यो देशको लोकसंस्कृति कति सम्पन्न छ भन्ने कुराले गर्दछ । विविध भाषा, संस्कृति, जातीय पहिचान भएको नेपाल लोकगीतमा धेरै समृद्ध छ । देशको हरेकजसो समाज र सांस्कृतिक परिवृत्तभित्र लोकभाकाहरू गुन्जिन्छन् । त्यस्ता लोकभाकाहरूले अनेक मिथक, कथा, सामाजिक चेतना र मानिसहरूका दुःख–सुखलाई विषयवस्तु बनाउँदै आएका छन् । एउटा उदाहरण हेरौं–
‘नकरा वनको न्याउली
तँभन्दा म छु नि वैरागी ।’
लोकगीतमा लोकभाषाले नै प्राथमिकता पाउँछन्– जनबोलीको भाषा, जनजिब्रोको भाषा, जुन नितान्त ठेट र मौलिक हुन्छन् । हुन पनि कुनै पनि भाषा लोकसंस्कृति वा लोकगीतको सान्निध्य पाएर नै सम्पुष्ट हुन्छन् । भाषाको उत्पत्ति एवं विकास सामूहिक श्रम प्रक्रियाको अवधिमा नै हुन पुगेको हो । श्रमजीवी मानिसहरूले आफ्नो श्रमलाई सिँगाने क्रममा उकाली–ओराली गर्दा विभिन्न भावना र तरंगहरू उब्जिए । त्यही भावनालाई नै लोकगीत र संगीतमा ढाले । उकाली–ओराली गर्दा उब्जिएको भावनाको एउटा अर्को बान्की हेरौं–
‘मसला पिस्नु लसमा लस
लोहरी भए पो
एकोहोरो माया म कति गरुँ
दोहरी भए पो ।’
श्रमको प्रक्रियामा मानिसले पसिनाका गीत गाउँछन्, दुःखसुखका आलाप अलाप्छन् । कहिले प्रेमको भाका गुन्जाउँछन् त कहिले नाम्लोले थिचिएको तालुको व्यथा ओकल्छन् । आफ्नै गाउँबस्ती र पाखा–पखेराका वेदनाहरू त आउँछन् नै, युद्धग्रस्त मुलुकहरूलाई सहयोग गर्न विदेश जाने लाहुरेको वेदना पनि बुनिएका छन्, यसरी–
‘लाहुरेको काँधैमा झोला
हान्छ क्यारे जर्मनले बमगोला
गाई पाल्यो वनको बाघलाई
छोरो पाल्यो जर्मनको धावालाई ।’
वर्षभरिजसो नै नेपालभित्रका अनेक जातीय समुदायले विभिन्न धार्मिक, सांस्कृतिक पर्वहरू मनाउँदै आएका छन् । त्यस्ता पर्वहरूमा गाइने लोकगीतहरू पनि पुस्तकमा समेटिएका छन् । सांस्कृतिक पर्वहरूमा मात्र होइन, हरेक ऋतुहरूलाई सम्बोधन गरेर बनेका लोकभाकाहरू पनि समेटिएका छन् । साथै, नेपाली समाजमा नारीले भोग्नुपरेका उत्पीडनको भाका पनि सो पुस्तकमा समाविष्ट भएका छन् ।
‘सुरेबुरे लाँकुरीको ढलिहाल्यो मुना
सौता ल्यायौ मेरो खसम सधैं मलाई रुन ।’
मूलतः यो पुस्तकमा समाविष्ट लोकगीतहरूले राणाकालीन समयदेखि तीसको दशकसम्मको नेपाली समाजभित्र बाँचेका जनसाधारणको विचार, अनुभूति, आवेग, सौन्दर्य–चेतना, रीतिरिवाज र उनीहरूका आशा एवं अपेक्षाहरू बुझ्न सघाउ पु¥याउनेछ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply