सांसदको परिवर्तित लोगो किन पर्यो बिवादमा
गुणस्तर नभएको चर्चा सुनियो । यसमा दुइवटा कुरा हुन्छ । एउटा हेर्दा आकर्षक भयो÷भएन भन्ने र अर्को तोकिएको मापदण्डको सामग्री प्रयोग भयो कि भएन भन्ने । मेसिनले बनाएकोजस्तो आकर्षक त स्वाभाविक ढंगले हातले बनाएको चिज हुँदैन । तर, कतिपय सवालमा ह्यान्डमेडको अलग्गै महŒव हुने गर्छ । कपडाहरूमा पनि अहिले हातले बुनेकाको अलग्गै माग र आकर्षण छ । त्यसकारण पनि हातले बनाउँदा यसको राम्रो हुन्छ, खास महŒव त्यहाँ रहन्छ भन्ने कुरा आएर हातले बनाउन हामीले सिफारिस गरिएको हो । तर, यसरी हेर्दा पहिलेको लोगोजस्तो आकर्षक पक्कै देखिएको छैन । त्यो फिनिसिङमा केही समस्या छ ।
त्यसमा चिज जेजे भनिएको छ, त्यो चिज छ कि छैन भन्ने कुरामा म आफैंले हेरेको भरमा भन्न सक्दिन विज्ञले नापजाँच गर्नुपर्छ । हामीले त्यसबारे पनि विचारविमर्श गर्दा अर्को प्राइभेट पार्टीलाई दिँदा उसले लेपन लगाउँछ भन्छ । त्यसलाई कसरी छुट्ट्याएर नाप्ने, त्यसमा केही समस्या हुन्छ भनिएको बुझियो । यो त सरकारी निकाय प¥यो । यसको लाभहानि जे भए पनि सरकारकै एउटा तहबाट, संघीय संसद्को बजेटबाट जाने भयो । त्यसैले, यसमा त्यो खालको बेइमानी नहोला भन्ने अनुमान हो । त्यहाँ भएको जति मात्राको सुनको लेपनको कुरा आएको छ, चाँदीको कुरा आएको छ, त्यही र त्यति नै छ भन्ने विश्वास हो । नक्साको सवालमा भने देख्दाखेरिजस्तो देखिएको छ, त्यसमा अलि धेरै मिलाउनुपथ्र्यो भन्ने नै हो । हातैले पनि फिनिसिङमा अझै मिलाउन सकिने कुराहरू थिए । त्यति राम्रो भएको छैन । सानै आकार बनाएर पनि नक्सा त स्पष्ट आउनुप¥यो नि । भित्र बरु जे भए पनि हुन्छ । नक्सा त भूगोलविद््हरूले हेर्दा देखिने वैज्ञानिक र यथार्थ आउनैपर्छ । अहिले त भारतसँग कालापानीको क्षेत्रलाई लिएर नक्साको नयाँ कार्य भएको अवस्था छ । विवादकै कारण नक्सा परिवर्तन ग¥यौं । लोगो नि त्यही कारण परिवर्तन भाको हो । तसर्थ, त्यतातिर पनि ध्यान दिनुपथ्र्यो । डिजाइन सुरुमा हेर्दा ठिकै थियो । पछि हातले बनाउँदा केही तलमाथि भयो होला तर नक्साजस्तो कुरामा अलि गम्भीर हुनैपथ्र्यो । संघीय संसद्ले छातीमा लगाएर हिँड्ने कुरा अलिकति आकर्षक हुनैपर्छ ।
सांसदको परिवर्तित लोगो किन प¥यो विवादमा ?
काठमाडौं । नेपालको नयाँ नक्सा जारी भएसँगै फेरिएको संघीय सांसदहरूका लागि तयार गरिएको लोगो अर्थात प्रतीक चिह्न विवादको घेरामा परेको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालाकानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर चुच्चे नक्सा सार्वजनिक गरेसँगै बनाइएको नयाँ लोगोमा त्यही नक्सालाई ‘केरा’ जस्तो पारिएको भन्दै असन्तुष्टि छाएको हो । देशको नक्साजस्तो कुरालाई यति हल्का र हेलचेक्र्याइपूर्वक सार्वजनिक गरिएको भन्दै सांसदहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् ।
हुन त संसद सचिवालयले मेसिनले नबनाई कलाकारद्वारा हातैले बनाउन लगाइएकाले ‘फिनिसिङ’ पहिलेको जस्तो नभएको स्पष्ट पारेको छ । कलाक्षेत्रका विज्ञहरूले भने यस्तो संवेदनशील विषयमा भद्दा मजाक गरेको आरोप लगाएका छन् । संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । धेरैतिर चर्चा भएपछि लोगो डिजाइनमा हेलचेक्र्याइँ कसले ग¥यो र यसमा कुनै आर्थिक अनियमितता छ कि भनेर प्रश्न गर्न थालिएको छ ।
डिजाइनर ८७ वर्षीय मुखिया
खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति वरिष्ठ कलाकार ८७ वर्षीय टेकवीर मुखिया हुन् । यसअघि पनि मुखियाले नै संसदको लोगो बनाएका थिए । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता देखिएको बताइन्छ । संघीय संसद सचिवालयले आग्रह गरेपछि मुखियाले दुई खालका लोगो डिजाइन गरेर सिफारिस गरेका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिह्न थियो, अर्कोमा महिला–पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा थियो । महिला–पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा भएको डिजाइनलाई संसद् सचिवालयले स्वीकार ग¥यो र सोहीअनुसार लोगो बनाउन बाग्मती प्रदेशअन्र्तगतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई निर्माणको अर्डर दियो । तर, अर्डर दिएको डिजाइनभन्दा लोगो केही भिन्न रूपमा तयार भयो ।
के छ त त्रुटि ?
डिजाइन गरेको लोगोको नक्सामा लिम्पियाधुरासहितको वास्तविक नक्सालाई प्रस्ट देखाइएको छ । सांसदहरूलाई वितरित लोगोमा भने लिम्पियाधुरा क्षेत्रलाई समेटिएको चुच्चो त छ तर डिजाइनमा भन्दा अलि फरक र भद्दा रहेको स्पष्ट देखिन्छ । वास्तविक नक्सा अनुसार नै डिजाइनवाला लोगोमा नेपालको पश्चिम भाग उठेको छ र पूर्वी भाग अलि तल झुकेको छ । तर, सांसदलाई वितरीत लागोमा नक्सा सिधा, चारपाटेजस्तो देखिएको छ । अझ भनौं ‘केरा’ जस्तो देखिन्छ ।
किन भद्दा देखियो ?
संसद सचिवालयले भने लोगो नराम्रो नभएको तर्क गरेको छ । हातले कुँदेका कारण हल्का टिप्पणी आएको सचिवालयले स्पष्ट गरेको छ । फेसबुकमा देखिएजस्तो र बाहिर भनिएजस्तो लोगो भद्दा नरहेको र मेसिनले नै बनाएको जस्तो आकर्षक नभएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको भनाइ छ । ‘लोगो बनाउन सरकारी कार्यालय घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिइएको हो, डिजाइन भने सचिवालयले पास गरेको हो । विगतमा मेसिनबाट बनेको हुनाले आकर्षक हुन्थ्यो । यसपालि अलग्गै महŒव हुन्छ भनेर हातैले बनाएको गरौं भन्ने कुरा भयो । त्यसो हुनाले फिनिसिङ मेसिनमा बनाएको जस्तो नहुने भयो । ‘हातले बनाउँदा हल्का भद्दा भइहाल्छ,’ अध्यक्ष तिमल्सिनाले भने ।
प्रत्येक लोगोको मूल्य ५ हजार ५ सय २७
घरेलु तथा साना उद्योग कार्यालयका कलाकारले डेढ महिना लगाएर हातैले कुँदेर नयाँ लोगो बनाएका हुन् । संसद सचिवालयका अनुसार नयाँ लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाइएको छ । नक्सा पित्तलबाट तयार भएको छ भने बेस चाँदीको हो । हातमा चाहिँ तामाको प्रयोग भएको छ । लोगोको व्यास एक छेउबाट अर्को छेउ ३.५ सेन्टिमिटरको छ । लोगोका डिजाइनर मुखियालाई ५० हजार पारिश्रमिक दिइएको छ । लोगो कुद्नेलाई एउटाको २५ सयका दरले ज्याला दिइएको छ । यो उद्योग मन्त्रालयले नै निर्धारण गरेअनुसार भएको सचिवालयले जनाएको छ । ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी प्रत्येक लोगोको मूल्य ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा पर्न गएको छ । सचिवालयका अनुसार साढे ३ सय लोगो बनाएको छ । यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ ।
व्यापक असन्तुष्टि
लोगोप्रति भने व्यापकै असन्तुष्टि छ । यस्तो विषयमा गम्भीर खेलाँची गरिएको भन्दै सांसदहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् । केही सांसदले त आफूहरूले नलगाउने घोषणासमेत सार्वजनिक गरिसके । अहिलेको नयाँ लोगो बनाउनेहरूलाई कारबाही हुनुपर्ने मागसमेत सांसद विजय सुब्बाले गरेका छन् । ‘यति सारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? नेपालको नक्सा त्यस्तै हो ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’ उनले प्रतिप्रश्न गरे । यस्तो भद्दा लोगो बनाउनेहरू दण्डित हुनुपर्ने सांसद सुब्बाको माग छ । नेकपाका केन्द्रीय सदस्य विजय पौडेलले सांसदको लोगो देख्दा आफूलाई अचम्म लागेको उल्लेख गरे । ‘यो माननीय सांसदहरूले लगाउन नै बनाएको लोगो हो वा कसैले बेइज्जती गर्न पोस्ट गरेको हो ? संसद् सचिवालयले आदेश दिएर बनाएकोमा यति सारो रद्दी सामाग्री त नहुनुपर्ने । के हो यो ? अचम्म लाग्यो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
कलाकार भन्छन्– केराको कोसाजस्तो भयो
आइतबार दिउँसो संघीय संसदका सीमित पदाधिकारीहरूलाई सो लोगो वितरण गरियो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए । अहिले सबैको हातसम्म पुगिसकेकै छैन । वितरण गर्नासाथ सामाजिक सञ्जालमा समेत त्यसका तस्बिरहरू देखा परे । तर, वितरण गरिएको सुनको जलपसहितको लोगो सुरुबाटै विवादमा परेको छ । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सासहित बनाइएको लोगोलाई पहिचानका लागि सांसदहरूले लगाउने ब्याच निर्माण गरी लोगो वितरण गरिएको हो । तर, लोगो सार्वजनिक भएलगतै यसको चौतर्फी आलोचना र टीकाटिप्पणी भएको छ । सामाजिक सञ्जालमा यसको टीकाटिप्पणीहरू बढ्दो छ । लोगोको सन्दर्भमा यसमा कलाकारहरूले पनि असन्तुष्टि जनाएका छन् । केहीले आफ्नो सम्पर्क र सम्बन्धका आधारमा काम दिएको र लोगोले कला वृत्तमा काम गर्नेहरूको नै बेइज्जती भएको बताएका छन् । कलाकार देवेन्द्र थुम्केलीले संसदको नयाँ लोगोमा असन्तुष्टि जनाउँदै अहिलेको लोगो कलात्मक नभएको बताए । उनले भने, ‘संसद्को यो लोगो लोगो नभएर केराको कोसाजस्तो भएको छ । हेर्नुस् त नक्सा केराको भेट्नोसहितको कोसोजस्तो देखिएको छ ।’ उनले नक्सा र झन्डा राष्ट्रको संवेदनशील कुरा भएकाले नक्सामा समावेश गर्न नहुने तर्क गर्छन् । ‘लोगोजस्तो प्रतीक चिह्नमा कुनै पनि देशले आफ्नो देशको नक्सा र भूभाग राख्दैनन् । भूगोलजस्तो कुरा नक्सामा समावेश गर्न पनि गाह्रो हुन्छ । मिलाउँदामिलाउँदै पनि भूभागको संरचना मिल्दैन,’ थुम्केली भन्छन् । ‘लिच्छविकालदेखिको कला र सभ्यता भएको देशमा केराको कोसो जस्तो लोगो जारी हुनु दुःखद हो ।’ उनको भनाईृ छ ।
छिमेकी राष्ट्र भारतले प्रतीक चिह्न सिंहलाई मानेको र अरू राष्ट्रले पनि केही राष्ट्रिय महŒवको कुरालाई चिह्नमा प्रयोग गरेका उल्लेख गर्दै हाम्रो सवालमा पनि राष्ट्रलाई प्रतिनिधित्व गर्ने विविध संस्कृति र सम्पदाहरू राख्न सकिने कुरामा कसैको ध्यान नगएको उनी बताउँछन् । उनले भने, ‘सगरमाथा, लुम्बिनीजस्ता सम्पदाहरूलाई राख्न सकिने थियो । तर, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले यो कुरालाई कला र विषयको हिसाबले बुझ्न सकेको छैन । लिच्छविकालदेखिको कला र सभ्यता भएको देशमा केराको कोसोजस्तो लोगो जारी हुनु दुःखद हो ।’
अर्का कलाकार एकाराम सिंह पनि लोगो आकर्षण नभएको बताउँछन् । छातीमा लगाउने लोगो भनेपछि त विशेष हुनुपर्ने हो तर लोगो केटाकेटीले खेलाउने खेलौनाजस्तो भएको उनको मत छ । कलाकार सिंहले भने, ‘लोगो हतारहतारमा बनाएजस्तो लाग्यो । संघीय संसदको लोगो भनेपछि त अलि आकर्षक र राम्रो हुनुपर्ने हो तर लोगो हेर्दा जिगज्याग देखिन्छ ।’
प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले गत जेठ ११ गते बसेको बैठकले संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गरेर नयाँ नक्सा सहितको लोगो बनाउने निर्णय गरेको थियो ।
ललितकलालाई थाहै छैन
सरकारी र आधिकारिक निकाय नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्यले भने यस सबै प्रक्रियाबारे आफू बेखबर रहेको बताए । उनले भने, ‘म लोगोको आलोचना त के, लोगोकै बारेमा अनभिज्ञ छु । लोगो कलात्मक हुनुपर्ने कुरा त हो तर कलात्मक बनाउने कुरामा हामीसँग परामर्श र समन्वय भएको छैन ।’
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply