यी हुन् टेलिकमको आम्दानी घट्नुका पाँच कारण
काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्ष २०७६÷७७ को को चौथो त्रैमासिक सम्मको कुल सेवाबापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रहेकोमा चालु आवको सोहि अवधिसम्मको कुल सेवाबापतको आयमा ६.२ प्रतिशतले कमी आई ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रहेको छ । चालु आव को यस अवधिमा आम्दानी निम्न कारणले घटेको टेलिकमले जनाएको छ ।
पहिलो, कम्पनीका सेवाहरू मध्ये लिज्ड लाइन, एफटीटीएच, जीएमएस डाटाबाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजस्वमा कमी आएको, तुलनात्मक रुपमा लिज्ड लाइन र एफटीटीएच, सेवा कम्पनीका अन्य सेवाहरू भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजस्वले अन्य सेवाबाट हुने राजस्वको कमीलाई परिपूर्ति गर्न नसक्ने अवस्था आयो । मुलुकभित्र लगायत विश्वव्यापी रूपमा कोभिड १९को महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा चालु आवको सोही त्रैमासिकसम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व २ अर्व २९ करोड २८ लाखले न्यून हुन गएको छ ।
दोस्रो, कम्पनीले रिचार्ज कार्डको बिक्रीमा मिति २०७५ चैत १ देखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको थियो । कुल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्रीअघि प्रदान गरिने हुँदा सोही डिस्काउन्टका कारण सेवाबापतको आय घटेको हो । गत आवको तुलनामा चालु आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिकसम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजस्वमा ३.९ प्रतिशतले कमी भएको छ ।
तेस्रो, फोरजी सेवाको विस्तारको कारणले आव २०७६÷७७ को तेस्रो त्रैमासिक अवधिको मध्येबाट राजस्व वृद्धि उन्मुख रहेकोमा मुलुकभित्र लगायत विश्वव्यापी रूपमा कोभिड–१९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङलगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको बढ्दो प्रयोगजस्ता कारणहरूले गर्दा जीएसम तथा पीएसटीएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोड रुपैयाँको कमी भएको तथा डाटा सेवातर्फ करिब ७५ करोड रुपैयाँ वृद्धि भएको हो । यी कारणहरूले गर्दा गत आवको चौथो त्रैमासिक अवधिको तुलनामा यस आवको चौथो त्रैमासिक अवधिमा राजस्वमा करिव १५ प्रतिशत (१ अर्ब ९५ करोड रुपैयाँ) ले गिरावट आएको हो ।
चौथो, कोभिड–१९ महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउन चालु आवको चौथो त्रैमासिकमा पनि निरन्तर रहेको हुनाले व्यापार–व्यवसायमा प्रत्यक्ष असर प¥यो । सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टपअपमा शतप्रतिशत बोनसबापत ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी तथा जिरोभ्यालु कलबापत ५ करोड ३० लाख रुपैयाँभन्दा बढीको निःशुल्क सेवा दिएको हुनाले राजस्वमा प्रत्यक्ष असर परेको छ ।
पाचौं, कोभिड–१९ महामारीसँग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरूको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरू उपलब्ध गराएको छ । साथै, नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० करोड रुपैयाँ योगदान गरेको छ ।
छैटौं, उल्लिखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलव वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋण आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply