उघ्रिएको इतिहासको पाना
इतिहास तिथि, मिति तथा घटनाहरूको संकलन हो । इतिहासमा घटेका घटनाहरूको व्यापक प्रभाव त तत्कालीन जनजीवन तथा सामाजमा परेको हुन्छ । इतिहासमा घटेको कुनै घटनाले सामाजलाई नयाँ मोड दिएको हुन्छ । नागरिकको मनोविज्ञान र चेतनालाई उकासेको हुन्छ र आर्थिक तथा राजनीतिक रूपले पनि घटनाहरूको प्रकृति हेरी तत्कालीन र दीर्घकालीन प्रभाव परेको हुन्छ ।
यी गुणात्मक कुराहरूको अभिलेख इतिहासमा पाइँदैन । यसको लागि त किंवदन्ती, मिथक, कथा, आख्यान, कविता, जीवनी आदि लिपिबद्ध स्रोतहरूलाई नै खोतल्नुपर्ने हुन्छ ।
संवत् १९९६ देखि हालसम्म ८० वर्षको समयावधि नेपाली समाजको आधुनिक रूपान्तरणको निकै महŒवपूर्ण कालखण्ड हो । यसै कालखण्डमा राजनीतिक चेतना, शैक्षिक, आर्थिक विकास र भौतिक पूर्वाधार निर्माणका जग बसाल्ने कार्य भएको छ । नेपालको आर्थिक विकासको गतिविधिमा बैंकिङ क्षेत्रको भूमिका महŒवपूर्ण हुने नै भयो । त्यसमा पनि नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कृषकहरूको आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको कृषि विकास बैंकको आफ्नै विशिष्ट महŒव छ ।
आफ्नो जीवनको सबै ऊर्जाशील समय कृषि विकास बैंकको उत्थानमा खन्याएका चन्द्रमान प्रधानको आत्मकथन ‘चन्द्रकमल ः एक थुँगा’ यसै बैंकको जन्म र विकासलाई केन्द्रमा राखेर आएको छ । तर यो आत्मकथनले नेपालको वित्तीय क्षेत्रको प्रारम्भिक इतिहासलाई उजागर त गरेको छ नै अन्य क्षेत्रको केही विस्मृतिका पानाहरू पनि उघारेको छ । तसर्थ यो आत्मकथन एउटा कालखण्डको गुणात्मक अभिलेख पनि हो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठको आजको प्रतिष्ठा र उचाइँको प्रारम्भिक चरणको झल्को दिन्छ ‘कलेज जीवनका सहपाठीहरू’ ले । जब तत्कालीन नापी विभागले सर्भे अधिकृत भर्ना गर्न खोज्दा माग गरेको योग्यता निर्धारण गलत भयो । सर्भे विषय पढाइ हुने भूगोल पढेकाहरूले त्यो अवसर पाउनुपर्छ भनी भूगोल विषय लिई एमए पढदै गरेका श्यामगोपाल गोपाली, बेखालाल श्रेष्ठ र बुद्धिनारायण श्रेष्ठले त्यस समय भूमिका नखेलेको भए आजका प्रतिष्ठित बुद्धिनारायण श्रेष्ठ कुन बाटोमा हुन्थे के थाहा ? ‘हुने बिरुवाको चिल्लो पात …..।’
दुई दाजुको गिरफ्तारी, अझै कहाली लाग्छ त्यो घटना सम्झिँदा, मङ्लमानको छुट्टै कथा, किन भनियो ‘ब्याक टु मङ्लमान ?’ सिद्धिचरणको देखिएको द्विविधा, यी संस्मरणहरू नेपाली इतिहासमा उपयुक्त मूल्यांकन नगरिएका विद्रोहीपात्र मङ्लमानको वरिपरि घुमेको छ । आजको नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्धको जग मङ्लमानको नेतृत्वमा गठन भएको पाक–मैत्री संघ थियो । यो संघको गठन एकातिर भारतको नेपालमाथिको एकलौटी प्रभुत्वमा ठूलो प्रहार थियो भने अर्कोतिर यसैको जगमा राजा महेन्द्रको शुभराज्याभिषेक समारोहमा पाकिस्तानका प्रतिनिधि नेपाल आउनु रपाकिस्तानसँगको सुमधुर सम्बन्ध विकास हुनु अर्को महŒवपूर्ण पक्ष थियो ।
आजको नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध–सञ्जाल विस्तारमा मङ्लमानले पाकिस्तानसँग सम्बन्ध विस्तारमा रोपेको बीउको पनि महŒवपूर्ण भूमिका छ । घना वृक्ष हेर्दा सूक्ष्म बीउको ख्याल नगरेजस्तै हो । आजको वृक्ष हिजो रोपिएको सानो बीउ हो । इतिहासले त्यसको उचित मूल्याङ्कन गर्नु पर्छ ।
मङ्लमानसँग जोडिएको अर्को रोचक घटना हो, क्रान्तिकारी जनकवि दुर्गालाल श्रेष्ठको प्रसंग । यो घटनाले व्यक्तिको बोलाइ, लेखाइमा प्रगतिशील र क्रान्तिकारी हुनु र त्यसलाई व्यवहारमा उतार्नु बेग्लै साहसको कुरा हो भन्ने प्रष्ट पार्छ ।
नेपालको पहिलो आमनिर्वाचन २०१५ मा काठमाडौं क्षेत्र नं. १ का कांग्रेस प्रत्यासी गणेशमान सिंहले अघिल्लो दिनको पुष्पलाल श्रेष्ठको जन¥याली देखेर होसहवास गुमाई कम्युनिस्टले जित्ने भए भनी मतगणनाको दिन बनेपा गएर बसेको र नतिजा प्रकाशन हुँदा आफूले विजय हासिल गरेको थाहा पाएपछि मात्र काठमाडौं फर्किएको प्रसंग इतिहासको लुकेको पाटो हो ।
‘मङ्लमान’ खण्डकाव्य प्रकाशनमा युगकवि सिद्धिचरण श्रेष्ठको अन्योल प्रस्टै छ । पञ्चायती व्यवस्थाको विरोध गरेबापत जेल परी चरम यातना भोगेर जेलमुक्त भएपछि ज्यान गुमाएका आदि–विद्रोही मङ्लमानबारे लेखिएको खण्डकाव्य प्रकाशित गरेको भए तत्कालीन प्रशासन मात्र होइन, राजाकै कोपभाजन सहनुपथ्र्याे ।
आत्मकथनमा यी घटनाहरू पढ्दा स्वाभाविक रूपमै मनमा जिज्ञासा उठछ, ‘नेपालको इतिहासमा सही मूल्यांकन पर्खेर बसेका मंगलमानजस्ता कति पात्र छन् ? के यिनीहरूको खोज, अनुसन्धान हुनुपर्दैन ?’
२०१७ सालमा संसद् भंग गरी पञ्चायती व्यवस्था लागु गर्दा देशमा फैलिएको त्रासदीपूर्ण आतंकको आँकलन ‘२०१७ सालको सम्झना’ मा मन्त्री बनाउन दरबारबाट आठपहरिया लिन आउँदा छतबाट भागेका भूवनलाल प्रधानको प्रसंगले गर्न सकिन्छ । यो प्रसंग पढ्दा त्यो परिदृश्य सम्झेर अहिले हामी हाँस्छौ होला तर त्यसबेला देशमा कस्तो आतंक थियो भन्ने झझल्को पाइन्छ ।
विवाद र द्वन्द्वलाई हामी प्रायः नकारात्मक रूपमा बुझ्ने गर्छौं । तर धेरैजसो अवस्थामा यसले हामीलाई सकारात्मक दिशातिर हुत्याइरहेको हुन्छ । सहकारी विकास बैंकबाट कृषि विकास बैंकको जन्म वा रूपान्तरणको कथा त्यसैको एउटा उदाहरण हो ।
कृषि विकास बैंकको गर्भाधान, उठ्यो १२ करोड, दीर्घराजजीलाई बुझ्नै सकिनँ, लालपुर्जालाई पत्याइएन, राजा महेन्द्रले खोल्नुभयो खाता, कृषि विकास बैंकका स्मरणीय प्रसंगहरूदेखि कृषि विकास बैंकको जागिरबाट अवकाशसम्मका स्मृतिहरू कृषि विकास बैंकको स्थापनादेखि त्यसको आजसम्मको आरोह–अवरोहलाई बुझ्न सकिने प्रसंगहरू हुन्, पुस्तकमा । नेपालको वित्तीय इतिहासमा कृषि विकास बैंकले पारेको प्रभाव मूल्याङ्कन नगरी लेख्नै सकिन्न ।
नकारात्मक प्रचार वा टिप्पणीले पनि कुनै व्यवसायको विस्तारमा सकारात्मक सहयोग गर्छ भन्ने उदाहरण हो– कुखुरा पालन व्यवसायमा मन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई ऋण दिएको प्रसंग । पत्रपत्रिकामा गरिएको नकारात्मक प्रचारले केही उच्च वर्गलाई पनि यो व्यवसायमा लाग्न उत्प्रेरणा दिएकाले नै आज कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको हो ।
अर्थविज्ञ र अन्य विषय विज्ञहरूको अभावले वा भएका विज्ञहरूको पनि सरकारले सहयोग नलिँदा देशले नै घाटा बेहोर्नुपर्छ भन्ने तीतो प्रसंग हो– भारतीय उद्योगपति विडला ग्रुप नेपालमा उद्योग स्थापना गर्न आउँदा भारु १ करोड लिएर आएको र केही महिनापछि उद्योग सञ्चालन नगर्ने निर्णय गरी फर्किंदा १ करोड ६० लाख भारु लिएर फर्किएको प्रसंग । त्यस्तै अर्को टिठलाग्दो उदाहरण हो सिंगापुरको चामल व्यापारीले २० हजार मेट्रिक टन चामलको भुक्तानी नगरी नेपाललाई ठगेको प्रसंग ।
समग्रमा यो आत्मकथनले एउटा कालखण्डको नेपालको आर्थिक गतिविधिलाई देखाएको त छ नै केही सामाजिक र राजनीतिक पक्षलाई पनि समेटेको छ । कथनको भाषाशैली सहज र सरल तथा सम्पादन कार्य उत्तम छ । त्यस कालखण्डको नेपालको वित्तीय संस्थाको अवस्था बुझ्न यसले सहयोग गर्छ ।
कृति ः चन्द्रकमल ः एक थुँगा
लेखक ः चन्द्रमान प्रधान
सम्पादक ः विवश वस्ती
प्रकाशक ः लुमिनकुमार श्रेष्ठ, मञ्चुका स्मृति अक्षय कोष
पृष्ठ ः १८०
मूल्य ः रु. ५००।–
One response to “उघ्रिएको इतिहासको पाना”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
लेखक चन्द्र कमलकाे एक थुँगा पुस्तक भित्र उल्लेखित सुस्म अध्ययनबाट पाठक उमेश प्रसाद उपाध्यायले देखाउनु भएकाे नेपालकाे आर्थिक वा वित्तिय विकास कृषि विकास वैंककाे महत्व पूर्ण याेगदान भएकाे जुन सहकारी विकास वैंकबाट कृषि विकास वैंक स्थापना भएकाे देखि अत्यन्तै महत्वपूर्ण व्यत्ति जाे छुटाउनै नमिल्ने मंगलमानकाे नेतृत्वा गठित पाक मैत्रि संघ र यसकाे महत्व छरलंङ्ग देख्न पाइदाे रहेछ । राम्राे लाग्याे उमेश सर । धन्यावाद मलाइ सम्झि पुस्तककाे सारांस हेर्ने मैाका दिएकाेमा । धन्यबाद । सम्झेकाे छु ।