विवादास्पद डा. सुनिल र शेखरको कनेक्सन के ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा महाधिवेशन नगर्ने पक्षमा छन् । उनी जसरी हुन्छ विधानमा कोभिड–१९ को बहानामा फागुनमा पुनः ६ महिना कार्यकाल थप गर्ने पक्षमा छन् । तर, पार्टीभित्र महाधिवेशन फागुनमै गर्न चर्को दबाब छ । नेपाली कांग्रेसमा देउवा पुनः सभापति हुन चाहिरहेका छन् । एक कार्यकाल आफू पुनः दोहोरिनका लागि उनी साम दाम खर्चेर लागेका छन् । महाधिवेशनको मुखमा उनले विभागमा सयौंलाई मनोनीत गरेका छन् । मनोनीत हुनेमा लोडसेडिङ गराएर देशमा अन्धकार गराउने विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले र बैंकिङ कसुरमा कारबाहीमा परेका विष्णु धिताल पनि छन् ।
देउवाको सभापतिमा दोहोरिने प्रयासमा उनकै निकट उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् । देउवालाई देखाउनका लागि भारतीय पक्षले निधिलाई सभापतिको दाबी गर्न लगाएको छ । २ नम्बर प्रदेशमा मात्र होइन, उनकै जिल्ला धनुषामा समेत निधिको आधा पनि मत छैन । अर्को पक्षबाट सभापतिका लागि महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेल सशक्त दाबी गरि नै रहेका छन् । केन्द्रीय सदस्य शेखर कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहदेखि अर्जुननरसिंह केसीले पनि सभापतिमा दाबी गरेका छन् । १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर दोस्रो चरणम देउवालाई जिताएर लिनुसम्म लाभ लिएका कृष्ण सिटौलाले अहिलेसम्म मुख खोलेका छैनन् ।
सभापतिका दाबेदारमध्ये डा. शेखर कोइराला कुनै पनि आन्दोलनमा सहभागी नभएका र र भूमिगत जीवन बिताउने कठिन समयमा चिकित्सक भई आनन्दको जीवन ब्यतित गर्नेभित्र पर्दछन् । उनकी आमा नोना कोइरालाले गिरिजाप्रसाद कोइरालाको शासनकालमा सम्पूर्ण आर्थिक कारोबार हेर्ने गर्थिन् । त्यतिबेला ठेक्कापट्टादेखि नियुक्तिका कमिसन नेपालदेखि भारतसम्म ब्यवस्थापन नोनाले नै गर्ने गरेकी थिइन् । नोनाको निधनपछि अथाह सम्पत्तिको वारेस स्वतः शेखर भएता पनि उनले आफ्नो नाममा त्यो सम्पत्ति देखाउँदा भ्रष्टाचार लाग्ने डरले लुकाउन एक पात्रको खोजी गरे । खोजीका क्रममा नेपालमा एसएलसी पास हुन नसकी नक्कली प्रमाणपत्रका आधारमा चीनबाट ‘चिकित्सक’को प्रमाणपत्र ल्याएका सुनिल शर्मामाथि डा. कोइरालाको नजर प¥यो । डा. कोइरालाले सम्पत्ति ब्यवस्थापन गर्ने उपयुक्त पात्रका रुपमा शर्मालाई अगाडि बढाएपछि भएका लगानीका केही उदाहरण प्राप्त भएका छन् ।
पहिलो लगानीः बिराटनगरमा नोबेल मेडिकल कलेजका संस्थापक डा. ज्ञानेन्द्र कार्कीले करोडौं लगानी गरे । तर संचालन अनुमति पाउन सकेनन् । मेडिकल कलेजको अनुमति लिन नसकेर निराशा भएका कार्कीलाई डा. शेखर कोइरालाले १५ प्रतिशत शेयर सुनिल शर्माको नाममा दिने सर्तनामा गराए । कार्कीले शर्माको नाममा उक्त सेयर हस्तान्तरण गरेमा मेडिकल कलेजको अनुमति दिलाउने ग्यारेन्टी शेखरले गरे । शर्माले लगानी नगरी निःशुल्क सेयर पाए । शर्मासँग मेडिकल कलेज संचालन गर्ने क्षमता र बुद्धि नभएको र डा. शेखर कोइराला प्रत्यक्ष संलग्न हुन गाह्रो अवस्थामा प्रचण्डसँगको उनको सुमधुर सम्बन्ध प्रयोग गरी बलपूर्वक सुनिलहरुको नाममा सेयर नामसारी गराइएको बिषय त्यतिबेला पनि प्रकाशमा आएको थियो । नोबल मेडिकल कलेज शर्माको नाममा भए पनि त्यसको स्रोत खोज्दै जाने हो भने वास्तविक मालिक डा. शेखर कोइराला नै भएको स्रोतको दाबी छ । दोस्रो लगानीः सुनिल शर्माले नियमपूर्वक नोबल मेडिकल कलेज संचालन गर्न नसकेको अवस्थामा प्रतिष्ठित मानिने काठमाडौं मेडिकल कलेज खरिद गरेका छन् । उक्त कलेज खरिद गरिसकेपछि उनी अध्यक्ष समेत चयन भएका छन् । काठमाडौं मेडिकल कलेजको खरिदमा पनि शर्माका पछाडि डा. शेखर नै रहेको स्रोत बताउँछ । स्रोतका अनुसार गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री हुँदा स्व.नोना कोइरालाको हरेक निर्णयमा प्रभाव रहने गरेको थियो । त्यसताका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डल्लाका डल्ला सुन तस्करी गर्ने दीपक मल्होत्रादेखि जमिम साहको कनेक्सन सोझै नोनासँग रहेको थियो । नोनाको शक्तिका बारेमा त्यतिबेला मिडियाले पनि बारम्बार समाचार दिने गरेको इतिहास छ । त्यही शक्तिमा रहेको बेला संकलन गरिएको सम्पत्ति नै अहिले क्रमशः नोबेल हुँदै नेपाल मेडिकल कलेजमा लगानी भइरहेको छ ।
तेस्रो लगानीः डा. शेखर कोइराला आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने भएपछि उनले आफ्नो पक्षमा जनमत बनाउन मिडियामा पनि लगानी गर्न लागेका छन् । आमाले संकलन गरिदिएको बैभव अथाह भएर पनि कार्यकर्तामा उनी मन फुकाएर खर्च नगर्ने प्रवृत्तिका भनेर चिनिन्छन् । र, अलोकप्रिय छन् । तर सभापतिमा उठ्ने भएपछि एउटा मिडिया चाहिने निष्कर्षका साथ उनी लगानी गर्न तयार भएका छन् । उनी पार्टी सभापतिमा उम्मेदवार बन्न कान्तिपुर हुँदै अन्नपूर्णबाट बिदा भएका केही पत्रकारहरुको टीम बनाएर पछि ब्रोडसीटमै जानेगरी एक अनलाइन संचालनको तयारी भइरहेको छ । उक्त अनलाइनको नाम ईकागज डटकम हो । उक्त अनलाइनको देखावटी अध्यक्ष विवादित पात्र वसन्त वन हुन् । जसले बिराटनगर जुटमिल हडपेर अध्यक्ष भएका छन् । सरकारको नामको सेयर गैरकानुनी रुपमा खरिद गरेर उनले जुटमिल हडपेका छन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई समेत जुटमिलको सेयर गैरकानुनी रुपमा किनेर विवादमा पारेका थिए । सरकारी स्वामित्वको जुटमिलको सेयर कानुन बिपरीत खरिद गरेका वनले दिनेश थपलिया तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव हुँदा देशभरका स्थानीय तहमा सफ्टवेयर जडान गर्ने ठेक्का लिएका थिए । र,गुणस्तरहीन र डुप्लिकेट सफ्टवयर जडान गरी धेरै स्थानीय तहबाट भुक्तानी लिएका थिए । करोडौंको सफ्टवेयर जडानको काम थपलियाकै डिजाइनमा उनले पाएका थिए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply