डीडीसीमा बढुवा–विवाद
काठमाडौं । नियम र प्रक्रिया नपु¥याई दुग्ध विकास संस्थानको कर्मचारीलाई बढुवा गर्न लागिएपछि यो प्रकरण अहिले सतहमा आएको छ । खारेज भइसकेको विनियमावलीलाई ब्युँताएर बढुवा प्रक्रिया अघि बढाएपछि यो विवाद बाहिर आएको हो
संस्थानले खारेज भइसकेको सातौं संशोधन विनियमावलीलाई ब्युँताएर प्राविधिक इन्जिनियर सेवा समूहतर्फ वरिष्ठ इन्जिनियर अधिकृत पदमा बढुवा गर्न लागेपछि विवाद देखिन पुगेको हो । सो पदमा नीलकण्ठ गौतम र इन्द्रभूषणकुमार यादव प्रतिस्पर्धी छन् । गौतम सातौं तहका ओभरसियर र यादव पनि सोही तहका मेन्टिनेन्स इन्जिनियर हुन् ।
संस्थानले २०७६ साल कात्तिक २९ गते नै सिनियर इन्जिनियर बढुवाका लागि सूचना प्रकाशित गरेको थियो । संस्थानको विनियमावली–२०६३ को आठौं संशोधन (२०७६) को विनियम ३३ र ३४ मा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्भाव्य उम्मेदवार मात्र बढुवा प्रक्रियामा सहभागी हुन पाउने व्यवस्थासमेत उल्लेख गरिएको थियो । तर, बढुवा प्रक्रियामा अयोग्य कर्मचारीलाई सामेल गरिएपछि विवाद देखिन पुगेको हो ।
विनियमावलीको आठौं संशोधनको दफा ३४ को (ज) मा उक्त पदमा बढुवाका लागि न्यूनतम शैक्षिक योग्यता इन्जिनियरिङ विषयमा स्नातक उपाधि भनेर उल्लेख गरिएको छ । तर, प्रतिस्पर्धामा सामेल गौतमले भने प्रवीणता प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेका छन् । यादवले भने इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरेका छन् ।
संस्थानको आधिकारिक टे«ड युनियनले भने बढुवामा आर्थिक चलखेल भएको भन्दै विरोध जनाएको छ । युनियनले विज्ञप्ति नै जारी गरेर बढुवासम्बन्धी सूचना प्रकाशित भएको ५७औं दिनपछि सञ्चालक समितिले खारेजमा परेको पुरानो कानुन सातौं संशोधन विनियमावलीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वीकृतिबिना नै ब्युँताएर गौतमको बढुवासम्बन्धी फारमलाई वैधता प्रदान गरेको उल्लेख गरिएको छ ।
खारेजमा परेको विनियमावलीलाई ब्युँताएर योग्य कर्मचारीलाई पछि पारी प्रक्रिया अगाडि बढाइएको युनियनको दाबी छ । यादवको हकमा आठौं संशोधन विनियमावली र गौतमको हकमा सातौं संशोधन विनियमावलीअनुरूप प्रतिस्पर्धा गराइएको बताइन्छ । तर, पदपूर्ति समितिले यादवलाई बढुवा गर्ने निर्णय गरेपछि भने गौतमले सञ्चालक समितिमा उजुरी दिएका थिए । गौतमले सेवाकालीन तालिमबापत २ नम्बर थप्न पाऊँ भन्दै समितिमा उजुरी दिएका थिए ।
अहिले भने पदपूर्ति समिति यादवको पक्षमा र सञ्चालक समितिचाहिँ गौतमको पक्षमा उभिएका छन् । सञ्चालक समितिका अध्यक्ष वसन्त गिरी र महाप्रबन्धक रुद्रप्रसाद पौडेल भने गौतमको पक्षमा उभिएका छन् । पदपूर्ति समिति र सञ्चालक समितिबीच विवाद बढेपछि यो बढुवा प्रक्रिया के हुने हो भन्नेबारे अन्योलग्रस्त बन्न पुगेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply