कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्यबीच कर्जा सहकार्य सम्झौता
काठमाडौं, भदौ २८ (नागरिक)– सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्य गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रमबीच कमलामाई नगारपालिकाका प्रमुख खड्गबहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त हस्ताक्षरसँगै अब कमलामाई नगरवासीले उद्यमको प्रकृति हेरी ५ लाखदेखि ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । सहुलियत ब्याजदर भने महिला उद्यमीका लागि वार्षिक १.८ र पु्रुषका लागि २.८ प्रतिशत हुने जनाइएको छ ।
अर्थ मन्त्रालयबाट युवालाई नेपालभित्रै व्यवसाय गर्न प्रोत्साहित गरी नेपालको मौलिक पहिचान, कृषि, पशुपालन, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत र विज्ञान प्रविधि क्षेत्रमा गरिने उद्यामहरूमा परियोजना धितो राखी सरकारका तर्फबाट ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जा योजना जारी भएको छ । त्यसैको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहकार्य गरिएको बैंकले जनाएको छ ।
नगरपालिकाभित्रका युवालाई सहुलियतपूर्ण कर्जा लिन सक्षम बनाउने, उद्यमशीलताका माध्यमले व्यक्तिलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता तथा स्वरोजगारका लागि नेपालमै सम्भावना छ भन्ने समकारात्मक सोचको प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उद्देश्यले सहकार्य अगाडि बढाइएको सम्झौतापत्रमा उल्लेख छ । त्यसैगरी वैदेशिक रोजगारीबाट विभिन्न सीप, अनुभव र पुँजी संकलन गरी फर्किएका युवालाई फेरि बिदेसिनुपर्ने बाध्यताबाट रोकेर उनीहरूलाई उद्यमशीलतासँग जोड्ने, वित्तीय पहुँच एवं वित्तीय समावेशिता अभिविृद्धि गर्ने उद्देश्य पनि सम्झौतापत्रमा समेटिएको छ ।
नगरवासीलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सम्भावना खोजी गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँग जोडिन पुगेको कमलामाई प्रमुख खत्रीले बताए । उनले सम्झौताको सही कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै कर्जाको सदुपयोग गर्न सक्नेलाई मात्र सिफारिस गर्ने बताए ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमशीलताको विकासका लागि बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन लागेको बताए । कतिपयले सहुलियत कर्जा भनेको तिर्नुनपर्ने हुन सक्छ भनेर बुझ्ने गरे पनि त्यो पूर्णतः गलत रहेको स्पष्ट पारे । निकै थोरै ब्याज तिर्दा हुने र त्यसबाट व्यवसायीलाई ठूलो सहायता पुग्ने भएकाले सहुलियत भनिएको उनको भनाइ थियो । सहुलियत कर्जा लिएर त्यसको सही उपयोग गरी आफू आत्मनिर्भर भई क्रमिक रूपले कर्जा फिर्ता गर्दै जाने उपाय अपनाएर ठूलो लाभ लिन श्रेष्ठले सुझाए ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply