कार्यकर्ताको प्रश्नभित्र नेकपा !
कुनै पनि राजनीतिक पार्टीको संगठनात्मक सर्वोच्च निकाय भनेको पार्टीको महाधिवेशन नै हो । अझ कम्युनिस्ट पार्टीको महाधिवेशन भनेको त विशिष्ट नै हुन्छ । त्यही महाधिवेशनभित्र विभिन्न विचारहरू महाधिवेशन प्रतिनिधिहरूले राख्छन् । र महाधिवेशन भित्रै प्रस्तावित विचारका बारेमा व्यापक छलफल बहस भई माक्र्सवादी दर्शनमा आधारित रहेर समाज रूपान्तरणमा उत्कृष्ट ठहरिएको विचारलाई नै बहुमत महाधिवेशन प्रतिनिधिहरूले पास गर्ने र समग्र देश, पार्टी र समाजमा देखिएका तमामखाले समस्याहरूका बारेमा पार्टीको दृष्टिकोण बनाई अगाडि बढ्ने र महाधिवेशनमा प्रस्तुत भएका अल्पमतका विचारहरू भने पार्टी सम्पत्तिको रूपग्रहण गर्नुपर्ने विधि हो तर नेकपाभित्र यो प्रक्रिया किन अगाडि बढेन ? कम्युनिस्ट पार्टीले महाधिवेशनबाट यदि सही विचार र दृष्टिकोण दिन सकेनन् भने समाजको हरेक क्षेत्रमा अस्थिरता र अराजकतातर्फ धकेलिन्छ र यो इतिहास हामीसँग सुरक्षित छ । २०७५ जेठ ३ गते दुई ठुला कम्युनिस्ट पार्टी मिलेर एकताको घोषणापश्चात् महाधिवेशनको तयारीका लागि तल्ला कमिटीहरू गठन, पुनर्गठन र अधिवेशनहरू किन हुन सकेन ? प्रश्न आज पनि गम्भीर रूपमा उठेको छ । आज दुई ठूला पार्टी मिलेर बनेको पार्टीको महाधिवेश नगर्ने त नेतृत्वकै चाहना देखिएन र पार्टीको आधारभूत तहका तल्ला नगर, वडा कमिटीहरू गठन हुन नसक्नु यसको ज्वलन्त उदाहरण हुन् । लाखौं कार्यकर्ता पंक्ति हँुदा पनि संगठनात्मक रूपमा तल्ला कमिटीहरू गठन गर्न नसक्नुका जिम्मेवारी कसले लिने ? आजको दिनमा पार्टीको विचारलाई जनवादी वातावरणमा वैचारिक संघर्षलाई समाजको सबै तहमा पु¥याउनुपर्ने होइन ? पार्टी एकतासँगै समग्र नेपाली समाजलाई हेर्ने दृष्टिकोण नेतृत्वपिच्छे फरकफरक धारणा किन आउँछ? पार्टी नेतृत्वले समाजको विभिन्न फोरमहरूमा पार्टीको दृष्टिकोण संगठनात्मक दायराभन्दा बाहिर गएर आ–आफ्ना विचारहरू अभिव्यक्त गर्ने प्रवित्तिले पार्टीका आधारभूत प्रस्तावनासित मेल नखाने र समाजलाई दिग्भ्रमित गर्ने र पार्टीको अनुशासनमा नबस्ने प्रवृत्तिको विकास हुने होइन ? यस्तो प्रवित्तिले नेतृत्वलाई कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने अधिकार हुन्छ ? यस्ता गलत कार्यशैलीविरुद्ध पार्टीभित्रै शुद्धीकरण अभियान नचलाउनुको कारण के हो ? नेकपा विधिअनुसार नचल्ने र पार्टी एकता र समावेशी सिद्धान्तका नाममा राजनीति, समाज, माक्र्सवादी दर्शन, लेनिनवादी संगठनात्मक सिद्धान्त नबुझेका र समाजको वस्तुगत चरित्रको अवस्थाबारे समेत ज्ञान नभएकालाई एकैपटक पार्टी नेतृत्वमा संगठित गरेका व्यक्तिहरूले पार्टीको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीतिबारे पार्टीको दृष्टिकोण बनाउन र समाजमा रहेका सामाजिक अगुवाहरूलाई प्रशिक्षित गर्न सक्छन् ? यीबारे पार्टीको दृष्टिकोण कार्यक्रम किन स्पष्ट भएन ? त्यस्ता गलत निर्णयले पार्टीले लिएको लक्ष्य हासिल गर्न सक्छ ? आज नेकपाले आफ्नो संगठनात्मक क्षेत्रमा शुद्धीकरण विचारमा स्पष्टता कार्यशैलीमा आमूल परिवर्तन विधानको पूर्ण पालन गर्ने सवालमा उब्जिएका प्रश्नहरूको जवाफ कसरी दिन्छ ?
विधानको परिपालना
पार्टी जीवनको महŒवपूर्ण अंग भनेकै विधान भएकाले यसलाई परिपालना गर्ने–गराउने र विधानले व्यवस्था गरेबमोजिमको पार्टीका गतिविधि बैठक भेलाहरू गर्नुपर्ने हुन्छ । कमिटीहरू गठन पुनर्गठन गर्ने नियमित बैठकहरू सञ्चालन गर्ने हो तर विधानले व्यवस्था गरेबमोजिम नियमित पार्टी काम किन हुन सकेन ? पार्टी नेतृत्व नै विधानविपरीत पार्टीमा निर्णयहरू किन गराउँछन् ? पार्टी निर्णयलाई समेत चुनौती दिने काम पार्टी नेतृत्वबाटै पटकपटक विधि मिच्ने काम किन हुन्छ ? यो प्रश्न गम्भीर रूपमा उठेको छ । विगतमा दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण हुनु अगावैविधानका बारेमा दुवै पार्टीको जिल्ला कमिटी तहमा छलफल गरेर विधानको निर्माण गर्नुपथ्र्याे । त्यो त भएन नै, यसको समीक्षा जिल्ला पार्टी कमिटीहरूले पनि गरेनन् किन ? विधानको पूर्ण पालनाअनुसार कर्तव्य आचरणमा परिवर्तनको अनिवार्य पक्ष र राजनीतिक परिवर्तनसँगै नेतृत्वले कार्यशैली परिवर्तनलाई आत्मासात् नगर्ने र नेतृत्वबाटै विधानविपरीतको पदहरूको सिर्जना गर्ने निर्णय गर्ने परिपाटीले जीवन्त कम्युनिस्ट पार्टीको नेतृत्व समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् ? विधानको पूर्ण रूपमा परिपालना नगर्ने विभिन्न गुटउपगुटहरू बनाउँदै जाने प्रवित्तिले परिवर्तनका उपलब्धिहरू जनताका बीचमा पु¥याउन सकिन्छ ? विधानको पूर्ण पालना गरे मात्र समाजको असल सामाजिक अभियन्ता बन्ने होइन ?
जनवादी केन्द्रीयता परिपालना कम्युनिस्ट पार्टीको अन्तरपार्टी राजनीतिक जीवन जनवादी केन्द्रीयताको महŒव संवेदनशील हुन्छ । यदि जनवादी केन्द्रीयतालाई पालना नगर्दा संसारका धेरै ठूला कम्युनिस्ट पार्टीहरू विघटन हुन पुगेको इतिहास हाम्रा सामु धेरै छन् । जनवादी केन्द्रीयता पालना नगर्दा पार्टी संगठनात्मक जीवनमा अराजकता दक्षिणपन्थी अवसरवाद उग्रवामपन्थी अतिवादबाट ग्रसित हँुदै अतिवादीहरू पार्टीभित्र हावी हँुदै जान्छ । यसबारे पार्टीको दृष्टिकोण खोई ? पार्टीको आन्तरिक जीवनलाई स्वच्छ मर्यादित र हार्दिक एवं अनुशासित बनाउने सवालमा गम्भीर चुनौती देखा किन प¥यो ? पार्टीभित्र कुनै पनि प्रकारका गुटबन्दी हुनुहँुदैन तर पार्टीभित्र गुटवादी गर्ने विधिको दायरामा नचल्ने प्रवित्ति चरम रूपमा हाबी हँुदै गएको छ । समयमा नै गुटबन्दी नियन्त्रण नगर्ने पार्टी पद्धतिको ख्याल नगर्ने पार्टीनिर्णयलाई कडाइसाथ पालना नगर्ने सामूहिक नेतृत्व व्यक्तिगत जिम्म्वेवारीभित्र दिइने जनवादको सिद्धान्तलाई पालना गर्ने सवालमा पार्टीभित्र किन चुनौती देखाप¥यो ? पार्टीमा फरक विचारको सुनुवाइ नहुने र फरक विचार राख्नेले पनि आफू संगठित भएको कमिटीभित्र विधिमा टेकेर व्यवस्थित ढंगले नराख्ने नेतृत्व र कार्यकर्ताले पनि पार्टी पद्धतिभन्दा बाहिर गएर आ–आफ्ना विचारहरू राख्ने चरित्रको विकास दिन प्रतिदिन पार्टीभित्र बढ्दो किन ?यस्ता गतिविधिले पार्टी गम्भीर संकटमा पर्न सक्छ । नेकपामा केन्द्रीयतासहितको जनवाद र अनुशासनसहितको स्वतन्त्रताको पूर्णपालना हुनुपर्ने होइन ? आफ्ना असहमतिहरू कमिटीभन्दा बाहिर र कमिटीको स्वीकृतिबिना सोझै कार्यकर्ता वा तल्लाकमिटीहरू र समाजको विभिन्न फोरममा नेतृत्वले लिएर जाँदा नै विभिन्न कालखण्डमा पार्टी बिभाजन हुन पुगेको होइन ?
पार्टी कामको नियमित रिपोर्ट कमिटी प्रणालीमा स्थापित गर्ने
संगठित नेतृत्वले पार्टीमा हरेक तहको पार्टी कामको सम्बन्धित तहको कमिटीमा रिपोर्ट तयारी गरी माथिल्लो कमिटीमा पठाउने र माथिल्लो कमिटीले पनि सम्बन्धित कमिटीले पठाएको रिपोर्टउपर छलफल र बहस गरी आवश्यक टिप्पणी र निर्देशन दिने काम नेकपाभित्र आज हुन नसक्नु किन ? पार्टीमा सबै नेतृत्वदायी व्यक्तिहरूले पार्टीको सम्पूर्ण कार्यका निम्ति कमिटिका संगठित सदस्यहरूमाथि भरोसा गर्ने र जिम्मेवारी दिनुपर्छ विधानले व्यवस्था गरेअनुसार सबै असंगठित पार्टी सदस्यलाई कुनै न कुनै कमिटीमा संगठित गरी पार्टीमा जिम्मेवारी दिने काम आजसम्म नेकपाभित्र हुन सकेन किन ? पार्टीको सानै कार्यसम्पादन गर्नमा पनि नेतृत्वदायी अंगको भूमिका ज्यादै महŒवपूर्ण हुन्छ तर नेकपाभित्र त्यो देखिएन । दुई पार्टी एकीकरणपश्चात् तल्ला कमिटीहरू निर्माण गर्ने कामको जिम्मेवारी दिने संस्थागत रूपमा काम गर्ने प्रणालीलाई दृढ रूपमा कार्यान्वयन गर्ने÷गराउने प्रणालीको योजना बन्न नसक्नुका कारणहरू के–के हुन् ?
पार्टी अनुशासन कार्यशैलीमा सुधार
अनुशासनबिनाको समाज परिकल्पना गर्न सकिँदैन, त्यो पनि कम्युनिस्ट पार्टीभित्रको अनुशासन र कार्यशैलीमा सुधार भनेको पार्टी जीवनको अपरिहार्य विषय हो । अझ लेनिनवादी संगठनात्मक जीवनमा यसको विशिष्ट महŒव हुन्छ । तर, पार्टीभित्र अनुशासनको पालना गर्ने गराउने सन्दर्भमा चुनौती किन ? यदि अनुशासन पार्टीभित्र कडाइका साथ लागु गर्न सकिन्न भने पार्टीको सम्पूर्ण शक्तिलाई परिवर्तनको पक्षमा अगाडि बढाउन सकिँदैन भन्ने मूल्यमान्यतालाई नेतृत्व र कार्यकर्ताले आत्मसात् नगर्ने ? आज केन्द्रदेखि स्थानीय तहसम्म अनुशासन उल्लंघन गर्ने दलाल पुँजीवादी सामन्ती विचार बोक्नेहरूसँग उठबस गर्ने कार्यशैलीले पार्टीले लिएको लक्ष्य हासिल गर्न सकिन्छ ? पार्टीभित्र नेतृत्व र कार्यकर्तामा देखिएका अनुशासन उल्लंघनका पद्धति र कार्यशैलीमा देखापरेको दक्षिणपन्थी अवसरवादीका विरुद्ध पार्टीभित्रै शुद्धीकरण अभियान किन चलाइँदैन ? पार्टीमा नेता–कार्यकर्ताले पार्टी नीतिका आधारमा वर्तमानका चुनौतीहरूको विश्लेषण गरी वैचारिक बहस गर्ने शक्तिमा समेत क्षय भएको अवस्था छ र पार्टीभित्र नेतृत्वको हात समाए मात्र नेता हुन पाइने मनोविज्ञानले लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल खान्छ ? आज नेकपाभित्र गुटगत प्रवित्तिलाई निरुत्साहित गर्ने नैतिक आचराणमा देखिएका भ्रष्ट कार्यशैलीमा सुधार गर्न लगाई उच्च मनोबलका साथ नेता–कार्यकर्ताले क्रान्तिकारी शैलीको विकास गरी समुदायसँगको सम्बन्धलाई पार्टीले लिएको विचारलाई लिएर जाने हो भने समाजवाद उन्मुख समाजनिर्माणको पहिलो चरणमा पार्टी सफल हुन सक्छ । अन्यथा, क्रान्तिको चरणमा रहेको अहिलेको दलाल पुँजीवादी समाजका विरुद्ध पार्टीको संघर्षले सार्थकता पाउन सक्छ ?
नेतृत्वले आधारभूत तहमा जाने कम्युनिस्ट आचरण पालना गर्ने
पार्टी नेतृत्वले स्थानीय पार्टी कामको स्थिति अवस्था समस्याहरू बुझ्ने पार्टी कार्यकर्ताबीचको अन्तरविरोधहरू हल गर्ने स्थानीय पार्टी कामको अनुभवहरू हासिल गर्ने नेतृत्वदायी कमिटीका सदस्यहरू आधारभूत तहका कमिटीहरूमा गएर पार्टी काम गर्नुपर्ने दायित्वबाट नेतृत्व विमुख हुँदै गुटबन्दीमा केन्द्रित हुने र काम गरे पनि हुने नगरे पनि हुने प्रवृत्ति पार्टीभित्र हाबी किन ? नेतृत्वले आधारभूत कमिटीहरूको बैठकमा जाने आलोचना तथा गुनासाहरू सुने समस्याहरू अध्ययन गर्ने संकलन गर्ने प्रशिक्षणहरू चलाउने बैठकमा भएगरेका निर्णय केन्द्रीय कमिटी वा जिल्ला कमिटीहरूमा पठाउने काम गरी आधारभूत तहका कमिटीहरू गठन गर्नु पर्ने होइन ? कम्युनिस्ट पार्टीको नेतृत्व भनेको आफूलाई असल सामाजिक अभियन्ता बन्ने र बनाउने आचरणमा क्रान्तिकारी बन्ने । पार्टी अनुशासनलाई दृढतापूर्वक पालना गर्ने हो । त्यो आज पार्टी नेतृत्व तहदेखि कार्यकर्ता पंक्तिसम्म किन हुन सकेन ? आफ्नो व्यक्तिगत स्वार्थ पदप्रतिष्ठामा भ्रष्टीकरण हुने गुटबन्दीलाई प्राथमिकता दिने विचार सिद्धान्त कम्युनिस्ट आचरणप्रति ठाडै अस्वीकार गर्ने अनुशासनहीनता नेतृत्वदेखि कार्यकर्ता तहसम्म स्खलित हुँदै जाने प्रवित्तिले समाजमा रहेका गरिखाने वर्गले कम्युनिस्ट पार्टीलाई विश्वास गर्ने आधार बन्न सक्छ ? आज पार्टीभित्र संगठनात्मक क्षेत्रमा देखिएका उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी अवसरवाद तथा अराजक प्रवृत्तिहरू पार्टीभित्र व्यापक रूपमा हाबी भइरहेको सन्दर्भमा माक्र्सवादी दर्शनमा आधारित रहेर वैचारिक संघर्ष अगाडि बढाउन र क्रान्तिकारी मार्गदर्शक सिद्धान्तमा अडिग रहेर जनताको चाहनाअनुरूपको समाजनिर्माण गर्नमा पार्टी किन चुकिरहेको छ ?
इतिहासले सुम्पेको जिम्मेवारी र वर्तमान कार्यभार
आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको सन्दर्भमा पार्टीलाई जनताले २०७४ सालको संसदीय निर्वाचनमा ऐतिहासिक कार्यभार सुम्पेका छन् । त्यो कार्यभार पूरा गर्ने सवालमा सरकारको कार्यशैलीप्रति जनताको असन्तुष्टि किन ? मुलुकमा अझै पनि स्थिरता, समृद्धि, समुन्नत नेपाल निर्माण गर्ने ढोका बन्द गर्ने कुच्चेष्टा भइरहेको आजको सन्दर्भमा नेकपाको अबको रणनीति कस्तो हुनुपथ्र्याे र किन भएन ? आज विश्वव्यापी रूपमा कोभिड–१९ को संक्रमणले मुलुकलाई थिलथिलो बनाएको अवस्थामा वर्तमान राजनीतिक प्रणालीप्रति असहमति राख्ने र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका हरेक निर्णयका विरुद्ध चौतर्फी आक्रमण गर्दा पनि सरकारको प्रतिरक्षाका लागि पार्टी कमिटी परिचालन हुन नसक्नु किन ? दशकौं लामो संघर्षबाट प्राप्त राजनीतिक प्रणालीविरुद्ध अझै पनि चौतर्फी घेराबन्दी भइरहेको सन्दर्भमा पार्टी कार्यकर्ता परिचालनको रणनीति बन्न नसक्नुको जिम्मेवारी कसले लिने ? दलाल नोकरशाही पुँजीवादी उत्पादन सम्बन्ध रहेको सामाजिक संरचना र यसलाई संरक्षण गर्ने राजनीतिक प्रणालीको अन्त्य जनताको संघर्षबाटै भयो तर आज परिवर्तनको अनुभूति महसुस जनतालाई भएन किन ? संविधानले समाजवाद उन्मुख समाज निर्माण गर्न ग्यारेन्टी गरेको हुँदा पनि नेपाल बनाउने आधारहरू के–के हुन् ? यी ज्वलन्त प्रश्नहरू इतिहासको इजलासमा उठेको हँुदा वर्तमानमा पार्टी र सरकारले जवाफ कसरि दिने ? कोरोना संक्रमणकै कारण मुलुकको अर्थतन्त्र नाजुक बन्दै गएको सन्दर्भमा नागरिकलाई उत्पादनसँग जोड्ने योजना सरकारको बन्नुपर्ने होइन ? आज संसद्भित्र राष्ट्रियताको सवालमा जसरी सबै राजनीतिक दलाललाई एकै ठाउँमा ल्याउने काम सरकारले सफलता हासिल गरेजस्तै श्रमजीवी सर्वहारा वर्गको विशाल सपनाहरूलाई साकार पार्ने काम सरकार र पार्टीलाई इतिहासले सुम्पेको जिम्मेवारीबाट सरकार र पार्टी किन चुक्दैछ ? र सन् २०३० सम्ममा गरिबीका सबै स्वरूपहरूको उन्मूलन गर्ने उद्देश्य बोकेको र दिगो विकास लक्ष्यअनुरूपको सहभागिता मूल योजना तर्जुमा पद्धति अवलम्बन गर्नुपर्ने सवालमा समेत पार्टी र सरकारको दृष्टिकोण खोइ ? आज इतिहासमा गम्भीर चुनौतिको सामना गर्ने जिम्मेवारी सुम्पेकोमा सबैखाले अतिवादविरुद्ध पार्टी कार्यकर्ता परिचालनको योजना बन्न नसक्नुका दोषी को–को हुन् ? यी कार्यकर्ताको प्रश्नहरूको जवाफ नदिने र इतिहासबाट पाठ नसिक्ने हो भने मुलुक गम्भीर संकटतर्फ धकेलिन सक्छ । यसतर्फ पार्टीले जनताको जीवनरक्षामा केन्द्रित रहेर योजना तर्जुमालाई प्राथमिकता दिई जनताले पाउने सेवासुविधा सुनिश्चितताको ग्यारेन्टीसहितको समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्यअनुरूपको योजनासहितको महान् अभियानमा कार्यकर्ता परिचालन गरे मात्र कार्यकर्ताको प्रश्न नउठ्न सक्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply