प्रभु र खल्तीबीच सम्झौता
प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
साझेदारीअनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिङ सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पु¥याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् । प्रभु बैंक नेपालका ‘क’ वर्गको बैंकमध्ये एक हो । बैंकले आफ्ना २ सय ८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १ सय ५५ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन् ।
सम्झौताअनुसार बैंकले स्प्यारोल पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउनेछ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिनेछ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने) ईबैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउनेछ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्नेलगायत धेरै सेवा लिन सकिन्छ । साथसाथै खल्तीबाट रेमिट्यान्स पाउन र पठाउन अनि कर्जाको फारामसमेत भर्न सकिन्छ । खल्तीका प्रयोगकर्ता १३ लाखभन्दा बढी छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply