समृद्ध काव्यस्वर

पुँजीवादी व्यवस्था÷प्रणालीले मानवीय संवेदना, भाव र अर्थहरूलाई खोक्रो तुल्याउन अथाह भूमिका खेल्यो । यो प्रणाली पौराणिक ग्रन्थहरूमा उल्लेखित दानवझैं दानवीय रूपमा स्थापित हुन पुग्यो । हरेक कुरालाई आर्थिक तराजुमा तौलने, मानवीयताका अंशहरूलाई पूरै मेट्ने र व्यक्तिवादी÷उपभोक्तावादी संस्कृतिको विकास र विस्तारमा जोड दिने कार्य यो प्रणालीले ग¥यो ।
कवि राम विनयका काव्यको मूल स्वर त्यही नै देखिन्छन् । अर्थात् उनी पुँजीवादी शासन प्रणालीले मानव जीवनमा ल्याइरहेको ह्रासमूलक चिन्तन, व्यवहार र पद्धतिहरूप्रति आलोचनात्मक नजर राख्छन् । उनी ‘फेरिएको चित्र’ कवितामा आफूलाई यसरी पेस गर्छन्–
‘हेर्दाहेर्दै उसको चित्रको रङ फेरियो
मानिस क्रमशः पशुरङले रंगियो
साँच्चै भूत हो कि पशु ?
पशु हो कि मानिस ?
छुट्ट्याउन गाह्रो भयो ।’
कवि विनयको काव्य–संग्रह ‘फेरिएको चित्र’ भित्रका यी अंशहरूले वर्तमान समयका मानिसहरूका व्यवहार र प्रवृत्तिमा देखिइरहेको अनगिन्ती तस्बिरहरू उतार्न सघाउ पु¥याउँछ ।
‘उठेपछि मानिस’ विगतको एउटा कालखण्डलाई स्मरण गराउने काव्यस्वर हो । नेपाली जनताले ३० वर्षसम्म एउटा निरंकुश व्यवस्थाविरुद्ध लडे । तर, बहुदलीय व्यवस्था स्थापना भएपछि पनि जनता निरंकुशताको पदचाप सुन्न बाध्य भए । यो कविता तिनै निरंकुश पदचापविरुद्धको हुँकार हो । ‘उड परेवा उड’ पनि त्यही कालखण्डलाई सम्झाउने कविता हो । उनी लेख्छन्, ‘उसले आफूलाई
शान्तिको पारखी मानिरह्यो
शान्तिको चर्चा गरिरह्यो
हिटलरको आदेशात्मक स्वरमा
ऊ भुकिरह्यो–
उड परेवा उड
उड परेवा उड ।’
‘चित्र कोर्नेहरूसित एकछिन’ ले देशमा गणतन्त्रको स्थापना हुनुपूर्वको राजनीतिक तरंगहरूलाई छामेको छ । २०६२÷६३ को जनआन्दोलनपछि देशमा परिवर्तनको रेखा कोरियो । तर, तत्कालीन समयमा २ सय ४० वर्षे लामो कालरात्रि टुंगिएर गणतन्त्रको सुनौलो बिहानी उदाउने हो कि होइन भन्ने त्रास भने मौजुद थियो । त्यो समय नेपाली जनतामा पलाएको छटपटीलाई यो कविताले प्रतिविम्बित गरेको छ ।
समय परिवर्तनशील छ । हरेक वर्ष फेरिने पात्रोले समयको परिवर्तनशीलताबारे बोध मात्रै गराउँदैन, त्यसले परिवर्तनका अनेक विम्ब–प्रतिविम्बहरू पनि देखाउँछन् । ‘भर्खर आएको नयाँ वर्ष’ ले मानव जीवनमा परिवर्तित समयले पार्ने प्रभावको राम्रो चित्रण गरेको छ । डेढ दशकअघि देशमा परिवर्तन आएपछि देशलाई संक्रमणकालीन अवस्थाबाट मुक्त तुल्याउन अनेक प्रयत्नहरू भए । पछिल्लो समय, नयाँ संविधान जारी भएपछि देशले एउटा गोरेटो समातेको छ । त्यो अवधिमा देशमा देखिएको भाँडभैलो र छाडातन्त्रलाई प्रतिविम्बित गर्ने काव्य–आवाज हो– ‘सहमतिका बादशाहहरू ।’ उनी लेख्छन्–
‘आफ्नो–आफ्नो डम्फु बजाएर
यी मतिविहीनहरू
यी गतिविहीनहरू
नाच्न थाल्छन्
नांगो बादशाहलाई
सहमतिको वस्त्रले
सिंगारेको स्वाङ पार्छन् ।’
घनीभूत राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक चेतले समृद्ध काव्यस्वर फलाक्न सक्षम विनयका काव्य–धरातलबारे अर्का प्रखर कवि÷समालोचक अमर गिरीका यी शब्दांशहरू निकै मननीय छन्, ‘सरल, सफल र सहज र सम्प्रेषणीय कविता लेख्नु उनको वैशिष्ट्य हो । उनका कविताहरू अन्तर्वस्तुका दृष्टिले मात्र बलिया छैनन्, रूपका दृष्टिले पनि बलिया रहेका छन् ।’
कृति ः फेरिएको चित्र
विधा ः कविता
कवि ः राम विनय
प्रकाशक ः जनमत प्रकाशन
पृष्ठ ः ८७
मूल्य ः रु. ३५०।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply