थाहाका विकास आयोजना अनुगमन
मकवानपुर । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले मकवानपुर जिल्लास्थित थाहा नगरपालिकाका विकास आयोजनाहरूको अनुगमन तथा निरीक्षण गरेका छन् । सत्तारूढ नेकपाका केन्द्रीय तहका नेतासमेत रहेका सभापति बिडारी आफ्नो गृह जिल्लाको आफ्नै जन्म स्थान थाहा नगरपालिकाको भौतिक पूर्वाधार विकास अवस्था र अन्य सम्भाव्यताबारे स्थलगत निरीक्षणका लागि थाहा नगर पुगेका हुन् । उनले भ्रमणको दुई दिन पुरापुर उपयोग गर्दै काठमाडौंसँग जोडिएको चन्द्रागिरिबाट छिरेर मकवानपुरको आग्रा हुँदै धादिङ महादेवबेंसीसम्मको अवस्था अवलोकन गरेका हुन् ।
सभापति बिडारीले विभिन्न डेढ दर्जन आयोजना कार्यान्वयनाको अवस्थाबारे अवलोकनका साथै पर्यटनका सम्भाव्यताबारे स्थानीय जनप्रतिनिधिहरूसँग छलफलसमेत गरे । उनले निर्माणधिन चित्लाङ–चन्द्रागिरि सडकको अवस्थाबारे जानकारी लिनुका साथै आग्राको दामगाडे महादेवबेंसी सडकको अवस्थाको अवलोकन गरे ।
बिडारीले थाहानगरस्थित दामनको भ¥याङ पार्क, निर्माणाधीन थाहा पर्यटन पार्क, पाण्डुकेश्वर मन्दिर, थाहा शीतभण्डार, थाहा बसपार्क, ऐतिहासिक कुन्छाल बस्ती संरक्षण तथा विकास योजना, बज्रवाराहीका सडकहरू, टिस्टुङ, नौखण्डेस्थित खुकुरी मैदान, पर्यटकीय आकर्षणको केन्द्र नर्बे ढुंगा, आग्राको निर्माणाधीन वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, जाइकाद्वारा अलपत्र पारिएको इन्द्रायणी माविको विद्यालय भवनलगायत योजनाको स्थलगत निरीक्षण गरेका हुन् । भ्रमण टोलीमा संविधानसभा सदस्य सुभास ठकुरी थाहा नगरपालिकका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, नगरपालिकका सल्लाहकार तथा नेकपा नेता विष्णु विष्ट, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा थाहा–६ का स्थायी बासिन्दा शन्तराम बिडारी, वडाअध्यक्षहरू राजेश केसी, किरणमान बल, टिकाराम रुम्बालगायत अन्य जनप्रतिनिधि, दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीयहरुको सहभागिता र उपस्थति थियो ।
अनौपचारिक किसिमको अनुगमन–निरीक्षणका क्रममा सहभागीहरूले उठाएका जिज्ञासा समाधान गर्दै उनले आफू कानुन बनाउने र देशैभरिका कानुनको अडिट, सरकारले दिएका आश्वासनको कार्यान्वनको अवस्था अध्ययन र महŒवपूर्ण दस्तावेज संरक्षणको महŒवपूर्ण जिम्मेवारीमा रहेकाले बाक्लो ढंगले गाउँ आउन नपाएको गुनासो गरे । कार्यान्वयन तथा आश्वासनको अवस्था अनुगमन गर्ने ठाउँमा रहेको बताउँदै उनले मूलतः अब योजना निर्माण र कार्यान्वयन पालिकाहरूले गर्ने बताए । विधायकहरूले राम्रा र भ्रष्टाचार हुन नदिनेगरी कानुन निर्माण गर्न तथा वडा र पालिका तहका जनप्रतिनिधिहरूले स्थानीय विकास गर्न नै संविधानमा तिन तहको शासन प्रणाली कायम गरिएको उनको तर्क थियो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply