पशुपतिमा दाहसंस्कारका तीन विधी
काठमाडौं । केहि वर्ष अधिसम्म दाउरामा चलाएर मात्र शव दाहसंस्कार गर्ने गरिएको पशुपति क्षेत्रमा अहिले तीन विधीबाट दाहसंस्कार हुन थालेको छ । दाउराबाट चलाउँदा वातावरणस्य प्रदुषण बढ्ने र समय पनि धेरै लाग्ने भन्दै केहि वर्ष अघिवाट दुईबटा विद्युतीय शावदाह गृह संचालनमा ल्याईएको थियो । तर, कतिपयले दाउरावाटै जलाउने पुरानो संस्कृति छाड्न नसकिरहेको अवस्थामा गत हप्ताबाट वातावरणमैत्री दाउराबाट शव चलाउने मेशीन पनि प्रयोगमा ल्याईएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको गत हप्ता अनावरण गरे । पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेशीनको स्थापना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताउए । त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘यहाँको धार्मिक, सांस्कृति, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकाहरुको समेत सम्बोधन हुने गरि गुरुयोजनालाई अपिन्त रुप दिने काम भइरहेको छ, अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’
कोभिड –१९ का कारण वन्द रहेका धार्मिक÷सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति पनि खुला रहने उनले बताए । पशुपतिका धार्मिक÷ सांस्कृतिक गतिविजधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाल अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न÷गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।
पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हाम्रो हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि विगतमा जस्तै दाउराबाट जलाउँदा भन्दा धेरै कमी आउने र एउटा शव चलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले संस्कार भनेको मानव जातीले विकास गरेका प्रविधीहरुसँगै परिस्कृत हुदै जाने बताए । उनले भने–‘यो आधुनिक शवदाह गृहले हिन्दुहरुले गर्ने मृत्यु संस्कारमा कुनै कमी आउन दिदैन ।’
कार्यक्रमलाई एभरेष्ट बैकका कार्यकारी प्रमुख जिके नेगी र कोषका सदस्य सचिव डा प्रदीप ढकालले पनि सम्बोधन गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply