प्रविधिमैत्री ४११ औँ विशेष कविगोष्ठी
काठमाडौं । साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४११ औँ शृङ्खला गत शनिबार जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सम्पन्न भएको छ ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता, वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा झापाका वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.बालचन्द्र मिश्र, सीताराम नेपाल, सन्ध्याका सल्लाहकार विधान आचार्य अतिथिका रूपमा उपस्थित थिए ।
सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री गोष्ठीमा इलामदेखि नेपालगन्जसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार उर्मिला पन्त पाण्डेय, पुष्पमणि प्रधान नेपालगन्ज, बालकृष्ण लामिछाने इलाम, पुण्यप्रसाद खरेल झापा, प्रमोद स्नेही, डा.राजेन्द्रप्रसाद अधिकारी, सम्पत काफ्ले, गणेश घिमिरे ‘मार्मिक’, ललिता दोषी, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.सावित्री श्रेष्ठ, गोपाल मैनाली, विधान आचार्य, वैरागी जेठा, राम विनयलगायतले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गरे ।
सम्बन्धित समाचार
-
राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिड विरुद्धको खोप
-
एमाले प्रवेश गर्दै मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो
-
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
-
प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ
-
१३ करोड हिनामिनाको अभियोग लागेका भेटवाल रिहा
- पत्रकार महासंघ प्रतिष्ठान प्रदेशकोे अधिवेशन सम्पन्न
- अनुदार ओलीलाई चुनुको सम्झना
-
बालप्रज्ञाको नयाँ अंक बजारमा
- कालो धन झनै भित्रिने
-
नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा
-
संसद् विघटन, पार्टी विभाजन र श्रमिकहरूको धारणा
-
पत्रकार महासंघ काठमाडौंद्वारा सञ्चारमन्त्रीसमक्ष १६ बुँदे माग
Leave a Reply