पूर्ववर्ती समाजको चित्र

इतिहासलाई स्मरण नगरी, सम्मान नगरी वर्तमानप्रति गौरवबोध गर्न सकिँदैन । इतिहासको जगमा नै वर्तमानका संरचनाहरू उभिएका हुन्छन् । संस्कृतिविद् कुलचन्द्र कोइरालाको कृति ‘गौरवमय सिन्धुली’ मा इतिहासका ती दिनहरूलाई उघार्न खोजिएको छ, जसमा पूर्व २ नम्बरको पूर्ववर्ती समाज, राजनीति र तत्कालीन समयमा तरंग ल्याउने पात्रहरूका इतिवृत्तलाई कहेको छ ।
जहानियाँ राणा शासनको अन्त्य एवं प्रजातन्त्र स्थापनाका लागि देशका मुख्य–मुख्य भूभागका योद्धाहरूले जेजति योगदान अर्पण गरे, तत्कालीन पूर्व २ नम्बर (सिन्धुली, रामेछाप र दोलखा) का योद्धाहरूका योगदानलाई कम आँक्न मिल्दैन । स्वयं कोइराला पनि मुक्तिसेनामा आबद्ध भएर राणाविरोधी आन्दोलनमा सामेल भएका थिए । ‘पूर्व २ नं. को क्रान्तिको इतिहास’ मा उनले राणाविरोधी आन्दोलनमा सो भेगका राजनीतिक कार्यकर्ता र जनताले पु¥याएको योगदानको मिहीन रूपले बयान गरेका छन् । राणाविरोधी आन्दोलनका क्रममा पूर्व २ नं. मा के कस्तो पूर्वतयारी गरिएको थियो र कुन–कुन भेगमा क्रान्तिका बाछिटाहरू पोखिएका थिए ? क्रान्तिमा आफ्नो सक्रिय सहभागितालाई समेत उघार्दै तत्कालीन क्रान्तिको स्पष्ट तस्बिर यो लेखमा उतारिएको छ ।
‘सिन्धुलीगढी ः एक परिचय’ मा गढी र त्यस वरिपरिका क्षेत्रको भौगोलिक एवं प्राकृतिक दृश्यविम्बहरूलाई त उतारिएको छ नै, इतिहासमा गढीले निर्वाह गरेको सामरिक भूमिका र महत्वबारे प्रष्ट पारिएको छ । अंग्रेज सेना र पृथ्वीनारायण शाहको सेनाबीच भीडन्त भएर अंग्रेज सेनालाई नहराएको भए नेपालको इतिहासले बेग्लै मोड लिन्थ्यो । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पूर्व २ नं. को प्रतिभाहरू माध्यमिककालीन समयदेखि नै क्रियाशील थिए । ‘पूर्व २ नं. को केही पुराना र नयाँ कविहरू’ मा उनले माध्यमिक कालका कवि सत्यधर सूरिदेखि लीलासिंह कर्मासँगका प्रसंग उल्लेख गरेका छन् । कवि सत्यधर सूरिले लेखेका रामायण बालुनको सन्दर्भमा भने बेग्लै लेखमा उल्लेख गरिएको छ ।
सिन्धुली, रामेछाप भेगको प्रख्यात फल हो– जुनार । त्यो भेगमा जुनार खेतीको कसरी उत्पत्ति भयो ? जुनारसँग गाँसिएको किंवदन्तीलाई लिएर लेखेका छन्– जुनारको आत्मकथा । पूर्व २ नं. का विभिन्न व्यक्तित्वहरू विभिन्न समयमा आफ्नो बेग्लै छाप छाडेका छन् । त्यसमध्येका थिए– जागरणकवि धरणीधर कोइराला, समाजसेवी÷प्रशासक बद्रीविक्रम थापा, कवि उमानाथ शास्त्री ‘सिन्धुलीय’, राजनीतिज्ञ बाबुराम बराल । यिनै व्यक्तित्वहरूबारे उनका बेग्लाबेग्लै शब्दचित्र छन् । जननेता विपी कोइराला र सहिद सरोज कोइरालाबारे पनि बेग्लाबेग्लै लेख समेटिएका छन् ।
राणाविरोधी आन्दोलनमा अग्रमोर्चामा रहेर क्रियाशील थिए, कोइराला । ‘भूमिगत जीवनको एउटा यात्रा’ मा उनले राणाविरोधी आन्दोलन उत्कर्षतिर लम्किरहेको बेला आफूले सो व्यवस्था फ्याँक्नका लागि गरेका प्रयत्नहरूलाई सूक्ष्म रूपले केलाउन चाहेका छन् । अधिकांश रचनाहरू राजनीतिको सेरोफेरोमा घुमेका भए पनि केही रचनाले भने तत्कालीन सामाजिक परिपाटी, संस्कार र संस्कृतिका पक्षहरूतिर पनि इंगित गरेका छन् । ‘मनोरञ्जनका सत्य कथाहरू’ र ‘गुमेको संस्कृतिको रमाइलो प्रसंग’ जस्ता निबन्धमा तत्कालीन समाजका सांस्कृतिक पाटाहरू उघार्न खोजिएको छ ।
मूलतः कोइरालाका निबन्धात्मक रचनाहरूले आजभन्दा साठी–सत्तरी वर्षअघि पूर्व २ नम्बर भेगका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरूलाई बुझ्न सहज रूपमा सघाउनेमा कुनै दुईमत देखिँदैन । भाषिक सरलता एवं सुललित शैलीका कारण निबन्धहरू उम्दा र पठनीय त छँदैछन्, तत्कालीन समयलाई बुझ्न पनि यथेष्ठ सहयोग पु¥याउने देखिन्छ ।
कृति ः गौरवमय सिन्धुली
विधा ः निबन्ध÷लेख
लेखक ः कुलचन्द्र कोइराला
प्रकाशक ः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ ः १९७
मूल्य ः २५०।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply