पशुपति विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिले पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गरेको छ । प्रालिका ह्यान्ड एक्स स्यानिटाइजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को जोखिम कायमै रहेकाले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरूले स्यानिटाइजर प्रदान गरेको पाण्डेले जानकारी दिए । यसअघि पनि आफूहरूले विभिन्न संघ÷संस्थाहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गरिसकेको पाण्डेको भनाइ छ । उनले आगामी दिनमा आफूहरूले कोषसँग सहकार्य गर्दै आवश्यकताअनुसार सामग्रीहरू उपलब्ध गराउने विश्वास दिलाए । कोषका सदस्य सचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रालिलाई धन्यवाद दिएका थिए ।
सम्बन्धित समाचार
-
राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिड विरुद्धको खोप
-
एमाले प्रवेश गर्दै मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो
-
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
-
प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ
-
१३ करोड हिनामिनाको अभियोग लागेका भेटवाल रिहा
- पत्रकार महासंघ प्रतिष्ठान प्रदेशकोे अधिवेशन सम्पन्न
- अनुदार ओलीलाई चुनुको सम्झना
-
बालप्रज्ञाको नयाँ अंक बजारमा
- कालो धन झनै भित्रिने
-
नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा
-
संसद् विघटन, पार्टी विभाजन र श्रमिकहरूको धारणा
-
पत्रकार महासंघ काठमाडौंद्वारा सञ्चारमन्त्रीसमक्ष १६ बुँदे माग
Leave a Reply