सुब्बा र कोइरालाबीच भीडन्त
काठमाडौं । संकटबाट गुज्रिरहेको पुरानो प्रकाशन–संस्था साझा प्रकाशनको अध्यक्षमा अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षका उम्मेद्वार डा. विजय सुब्बा र जीवनचन्द्र कोइरालाबीच सहमति गराउने प्रयत्न भए पनि दुवैले एक–अर्कालाई नछाड्ने भएपछि निर्वाचन हुने भएको हो ।
अध्यक्षका उम्मेदवार डा. सुब्बा नेकपा विभाजितपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेर लागेका व्यक्ति हुन् । उनी केन्द्रीय सदस्यका साथै सांसद पनि हुन् । कोइराला भने प्रजातान्त्रिक समूहबाट उठेका हुन् । दुवै यसअघि साझाको सञ्चालक समितिमा थिए । हिजोदेखि सुरु भएर २४ गते टुंगिने मतदानमा अध्यक्षको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले साझाको १ हजार ४ सय ५६ सेयरधनी छन् ।
अध्यक्षमा मतदान हुने भए पनि तीनजना सञ्चालक समिति सदस्यहरू भने निर्विरोध भइसकेका छन् । जसमा वामपन्थी खेमाबाट सीता ओझा र हरि भण्डारी निर्विरोध भएका छन् भने प्रजातान्त्रिक समूहबाट डिपी अर्याल निर्विरोध भएका हुन् । अर्याल यसअघि पनि सञ्चालक थिए । उनलाई तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्त गरेका थिए ।
अध्यक्ष पदका उम्मेदवार डा. सुब्बाले भने पहिला सञ्चालक हुँदा तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासँग मनमुटाव परेपछि साझाको बैठक बहिष्कार गर्दै आएका थिए । तत्कालीन अध्यक्ष शर्माले गरेका बदमासीप्रति उनले आवाज उठाएपछि दुवैबीच मनमुटाव चलेको थियो । त्यही कारण सञ्चालक समितिको सुरुका केही बैठकमा सहभागिता जनाए पनि पछिल्ला बैठकहरूमा भने उनी अनुुपस्थित रहँदै आएका थिए ।
२०७० सालदेखि कामविहीन बन्दै आएको साझाले पछिल्लो एक वर्षयता कर्मचारीहरूलाई तलबसमेत खुवाउन सकिरहेको छैन । २०७६ साल मंसिरमा पछिल्लोपटक तलब थापेका कर्मचारीहरूलाई तलब खुवाउनै करोडौं लाग्ने बुझिएको छ । यसअघि ऋण र सरकारी अनुदानबाट नै कर्मचारीलाई तलब खुवाउने काम हुँदै आएकोमा पछिल्लोपटक त्योसमेत हुन नसकेको बताइन्छ ।
सम्बन्धित समाचार
-
प्रतिगमनकाविरुद्ध प्रेस संगठन
- यसरी छानिँदैछन् प्रदेश र जिल्लामा नेकपाका पदाधिकारी
-
मुख्यमन्त्री राईसहित सात निलम्बित
-
‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
-
यसरी म सुकुम्वासी भएँ
-
मेरो बिहेमा निर्मल लामा पुरोहित
- थाहाका विकास आयोजना अनुगमन
-
लामा नेकपाको एउटा आदर्श
-
टिस्टुङमा ठडियो अष्टमानको सालिक
-
यसरी पनि मनाउन सकिन्छ जन्मदिन
-
मन्त्री गुरुङद्वारा प्रभावित क्षेत्रको स्थलगत अवलोकन
- पम्पको लाखौं हिनामिना गर्नेको अझै खोजी भएन
Leave a Reply