‘संविधान नै बदर गरे भैगयो नि’

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामु संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने बताएका छन् ।
संविधानमाथि प्रहार गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै ढुंगानाले सर्वोच्च अदालतले पुनस्र्थापना गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । संविधानसभा सदस्य मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटन र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान हेर्ने हो भने प्रतिनिधिसभा शत प्रतिशत ब्युँताउनु पर्छ । सर्वोच्च अदालतले यो मुद्दा लम्ब्याउन सक्छ, निर्वाचन हुने बेलासम्म । सर्वोच्चले बदर हुन सक्दैन भने संविधान पनि सँगसँगै बदर गरिदिुनस् भनी प्रार्थना गर्नुपर्छ ।’ संविधान निर्माण गर्ने संविधानसभा सदस्यहरूले अभियान नै सञ्चालन गरेर प्रतिनिधिसभा ब्युँताउन पहल गर्नुपर्ने ढुंगानाको भनाई थियो । ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेको नभएर संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, गणतन्त्रलगायतका परिवर्तनमाथि प्रहार गरेको ढुंगानाको भनाइ थियो । ओलीले विगतदेखि नै संविधान र परिवर्तनका मुख्य विशेषतामाथि प्रहार गर्दै आएको भन्दै त्यसलाई रोक्न न्यायालयमाथि अन्तिम विश्वास रहेको ढुंगानाको धारणा थियो ।
प्रतिनिधिसभा विघटन गरेको अवस्थामा राष्ट्रिय सभामा जनताका आवाज उठिरहेको बेला अकस्मात अधिवेशन अन्त्य गरेर जनतालाई सडकमा आवाज उठाउ भनेर सरकारले पठाएको ढुंगानाको भनाइ थियो । जनताको आवाज बोल्ने थलो राष्ट्रिय सभा त थियो त्यसलाई पनि चल्न नदिई स्थगन गरियो । त्यो भनेको सरकारले नै जनतालाई सडकमा जाऊ भनेको हो,’ उनले थपे ।
सम्बन्धित समाचार
-
संसद् विघटन, पार्टी विभाजन र श्रमिकहरूको धारणा
-
पत्रकार महासंघ काठमाडौंद्वारा सञ्चारमन्त्रीसमक्ष १६ बुँदे माग
- महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
-
पशुपति विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
-
प्रदेशहरूमा ओलीलाई धक्का, नयाँ सरकार गठनको कसरत
- प्रविधिमैत्री ४११ औँ विशेष कविगोष्ठी
-
पशुपतिमा दाहसंस्कारका तीन विधी
-
पूर्वराजा वीरेन्द्रको निजी निवास खुला
- प्रभु र खल्तीबीच सम्झौता
-
ग्लोबले थप्यो तीन शाखा
- चोरबाटोबाट पदवी लिने को–को ?
-
किन लाग्यो यो पुस्तकमाथि रोक
Leave a Reply