१५ करोडको घरजग्गा झ्वाम
काठमाडौं । एक व्यक्तिले अर्काको १५ करोड रुपैयाँको घरजग्गा किर्ते गरेर झ्वाम पारेको गुनासो छ । ब्राइन इन्टरनेसनल प्रालिका प्रोपाइटर यादवप्रसाद खकुरेलले त्यसो गरेको पीडितले बताए । मूलतः उनी चीनबाट सामान आयात गर्छन् । तर, यिनले योजनाबद्ध तरिकाले एकजनाको घरजग्गा नै स्वाहा बनाइदिएका हुन् ।
धादिङ घर भएका खकुरेलले श्रीमतीतर्फका नातेदार हरिप्रसाद सिलवालका नाममा कम्पनी खोले । उक्त कम्पनीमा ‘आफंै काम गर्नु, पैसा निकालिदिन्छु’ भनेपछि पीडित राजकुमार बुढाथोकी तयार भए । उनले कम्पनी खोलिएको छ, धितोबापत रकम निकालेपछि केही कारोबार गर्छु भन्ने ठानेर चिनेबुझेका खकुरेलको भनाइमा विश्वास माने । दुई करोड रुपैयाँ निकाल्ने र कारोबार गर्ने सहमति भएको बुढाथोकीले बताए । तर, ग्लोबल आइएमई बैंकको न्युरोड शाखाबाट ऋण पास गर्दा खकुरेलले शक्ति लगाएर ४ करोड २५ लाख रुपैयाँ पास गरे ।
खकुरेलले आफूलाई भनेको सुनाउँदै भने, ‘अझ बढी रकम पास गरिदिएको छु काम राम्ररी गर्नु भने ।’ तर, रकम भने खकुरेलले आफ्ना नातेदार हरिप्रसाद सिलवाललाई लिएर धमाधम निकाल्न थाले । २०६८ सालमा ४ करोड २५ लाख रूपैयाँ निकालेपछि खकुरेल बुढाथोकीबाट टाढिन थाले ।
पैसा निकालेपछि खकुरेलले विभिन्न बहानामा टार्दै अलमलाउन थाले । ब्याज नतिरेपछि बैंकले धितोबापतको घरजग्गा लिलामीमा निकाल्यो । २०७५ सालमा बुढाथोकीको घरजग्गा नै लिलामभयो । उनले आफूलाई घर न घाट गराउन खोजेका छन् । केही दिनअघि पत्रकार सम्मेलन गरी बुढाथोकीले भने, ‘मलाई योजनाबद्ध तरिकाले फसाएर यादवप्रसाद खकुरेल सम्पर्कविहीन छन् ।’
खकुरेलले धेरैलाई पीडित बनाएर काठमाडौंमा ठूलो सम्पत्ति जोहो गरेको सुनाए । एकपछि अर्को गर्दै किर्ते गरी सम्पत्ति जोहो गरेका खकुरेलमाथि कारबाहीको समेत माग गरेका छन् ।
विगतमा बैंकबाट रकम निकालेको र दिने सहमतिको कागज गरे पनि अझै अस्वीकार गरेको बताए । उनले कीर्ते गर्ने खकुरेलजस्ताहरूले धेरैलाई घरबारविहीन बनाएको समेत सुनाए । बुढाथोकीले आफूमाथि अन्याय भएको र किर्तेको पासोमा परेकाले न्यायका लागि अपिल गरे । उनले भने, ‘मलाई अन्याय भएको छ न्यायका लागि तपाईंहरूसामु आएको छु ।’ खकुरेलजस्तो किर्ते गर्नेहरूबाट होसियार हुन उनले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply