कनिष्ठको बढुवासँगै असन्तुष्टि
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकजना कनिष्ठ कर्मचारीलाई बढुवा गरिएपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको छ । ६०औं नम्बरमा रहेका जगदिश कुमारलाई १४औं नम्बरमा उकालेर बढुवा गरिएको हो । उनी नियमन विभागमा सहायक निर्देशक पदमा कार्यरत थिए ।
२०६९ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका जगदीशको बढुवासँगै अनेक अड्कलबाजी लगाउन थालिएको छ । सक्षम ठानिने गभर्नर महाप्रसाद अधिकारी कसको दबाबसामु कनिष्ठतम कर्मचारीलाई बढुवा गर्न बाध्य भए ? भन्ने प्रश्न पनि उठ्न पुगेको छ । तर, सूत्रका अनुसार अर्थमन्त्री पौडेलले दबाब दिएपछि नै गभर्नर अधिकारीले कनिष्ठ भए पनि जगदीशलाई बढुवा गर्न बाध्य हुनुपरेको हो ।
कनिष्ठ कर्मचारी जगदीशलाई बढुवा गराउन सहरी विकास मन्त्री प्रभु शाहको उल्लेख्य भूमिका रहेको बुझिएको छ । आफ्नो गृहजिल्ला रौतहटका जगदीश पहिलादेखि नै मन्त्री शाहनिकट थिए । चुनावको बेला उनले शाहलाई सक्दो सहयोग पनि गरेका थिए । मन्त्री शाहले नै अर्थमन्त्री पौडेललाई ‘जसरी भए पनि जगदीशलाई बढुवा गर्नुपर्ने’ बताएपछि उनको बढुवा भएको बताइन्छ ।
राष्ट्र बैंकका कतिपय कर्मचारीहरूले भने बैंक सञ्चालक समितिका सदस्य सुबोधकुमार कर्णले गभर्नर अधिकारीलाई दबाब दिएपछि जगदीशको बढुवा भएको बताएका छन् । जगदीश कर्णसँग निकट रहेका आधारमा पनि कर्मचारीहरूले यस्तो आशंका गरेका हुन् । राष्ट्र बैंकका कर्मचारी संगठनहरूले भने गभर्नर अधिकारीलाई बढुवाको विषयमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् । कर्मचारीहरूले लामो समयदेखि काम गरेका दक्ष कर्मचारीहरूलाई पन्छाएर कनिष्ठ कर्मचारीलाई बढुवा गरेकोमा आक्रोश व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply