एकतिहाइ सदस्य सहभागी बैठकमा किन भयो कुटाकुट ?
काठमाडौं । केपी ओली समूहको युवा संघमा नेतृत्वको सवालमा विवाद भएपछि कुटाकुट भएको छ । अहिले गोप्य भिडियो सार्वजनिक भएसँगै नेतृत्वको नाम सार्वजनिक गर्ने बेलामा चर्को होहल्लासँगै कुटाकुट भएको दृश्य बाहिरिएको हो । अझ रोचक कुरा त रामबहादुर थापा बादल पक्षले सो बैठक नै एकपक्षीय भएको भन्दै बहिष्कार गरेको छ ।
पूर्ववाईसीएलका उपाध्यक्ष बिरु तामाङसहित ४२ केन्द्रीय सदस्य र तत्कालीन युवा संघका ३८ जनासमेत गरी ८० जना सो बैठकमा नगएको बताइएको छ । त्यसबाहेक उक्त प्रक्रियामा तत्कालीन माओवादी प्रचण्ड समूहका त सहभागी हुने कुरै भएन । कुल कमिटीको एक तिहाइ सदस्य मात्र सहभागी बैठकमा महेश बस्नेतलगायतले किरण पौडेलललाई पुनः अध्यक्ष बनाउन चाहेका थिए भने परशुराम बस्नेतलगायतले वचन सिंहलाई अध्यक्ष बनाउन चाहेका थिए । यता, दुवै पक्षलाई उचालेर धेरै विवाद भएपछि आफैं पुनः अध्यक्ष बन्न सक्ने आँकलन रमेश पौडेलको थियो । एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रूपमा भेला राखेकाले बहिष्कार गरेको थापानिकट नेता बिरु तामाङले सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसले उनीहरूबीच कत्तिको द्वन्द्व रहेछ भनेर पुष्टि भएको छ । आइतबार उद्घाटन भएर सोमबारसम्म चलेको सो भेलामा पूर्वमाओवादीका कुनै केन्द्रीय सदस्य सहभागी नभई अन्त्यमा गाईजात्रे पाराले नेतृत्वको नाम जबर्जस्ती घोषणा गरिएको छ ।
भेलामा दुईवटा ध्रुवमा अगाडि बढेको संगठनको पुनःसंरचना गर्नेभन्दा पनि कसलाई कुन पद दिने भन्ने मात्र झगडा भएको बताइएको छ । संरचना कस्तो हुने, नेतृत्वमा कोको रहने र केन्द्रीय सदस्य कति हुने भन्ने सहमति नै नबनी बैठकका नाममा भागबन्डा गरिएको बताइएको छ । तत्कालीन एमालेको युवासंघ र माओवादी केन्द्रको वाईसीएल एकीकृत भएपछि बनेको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा ३ सय ३५ सदस्य थिए । तीमध्ये पूर्वएमालेतर्फका १ सय ७८ जना र माओवादी केन्द्रका १ सय ५५ जना थिए । दुईजनाको मनोनयन गर्न बाँकी थियो ।
अन्ततः केही महिनापछि वचन सिंह ४० वर्ष पुग्ने र विधानअनुसार स्वतः अध्यक्ष पदबाट बाहिरिने सहमतिसँगै अहिलेलाई वचन सिंहलाई अध्यक्षका साथै किरण पौडेललाई सहअध्यक्ष घोषणा गरिएको छ ।
सो बैठकमा सहअध्यक्षका रूपमा किरण पौडेल र महासचिवका रूपमा रमेश आचार्यलाई घोषणा गरिएको छ । ५३ सदस्यीय पदाधिकारीमा १४ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष र बाँकी सबै सचिव तोकिएको छ । तर बैठक बहिष्कार गरेको पक्षले असन्तुष्टहरूलाई समेटेर समानान्तर कमिटी घोषणा गर्ने योजना बनाएको बुझिएको छ ।
निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा यसले निकै ठुलो खटपट सुरु भएको देखाएको छ । इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका थिए । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड–माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए । युवा संघ इन्चार्ज महेश बस्नेतले किरणलाई अध्यक्ष बनाउन नसकेपछि सिंहलाई अध्यक्ष प्रस्ताव गरेका थिए । वचनबहादुर आगामी जेठमा ४० वर्ष पुग्नेछन् । त्यसपछि सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष बन्ने समझदारी भएको स्रोतले बतायो । उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् । त्यस्तै उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीले पाएका छन् । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply