कालो धन झनै भित्रिने
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नाममा नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी भिœयाउन बैंकको पूर्वस्वीकृति लिनुनपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि भने वैदेशिक लगानी भिœयाउन राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो ।
अब भने लगानी बोर्ड वा उद्योग विभागले स्वीकृति दिएपछि सहज रूपमा वैदेशिक लगानी भिœयाउन पाइने व्यवस्था गर्न लागिएको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली–२०७७’ मार्फत राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना नै वैदेशिक लगानी भिœयाउन पाइनेछ । वैदेशिक लगानी भिœयाउन खुकुलो व्यवस्था गरेसँगै विदेशी मुद्रा पठाउने कार्यलाई पनि सहज तुल्याएको छ । त्यसका निम्ति अब राष्ट्र बैंकलाई जानकारी गराए मात्रै पुग्छ ।
राष्ट्र बैंकले वैदेशिक लगानी भिœयाउन खुकुलो नीति ल्याउन लागेसँगै त्यसबाट अनेक समस्यासमेत निम्तिने देखिएको छ । राष्ट्र बैंकको स्वीकृति नलिँदा कालो धन भित्रिने सम्भावना प्रवल रुपमा बढ्ने अनुमान गर्न थालिएको छ । विगतदेखि नै यस्तो समस्या झेल्दै आएकोमा राष्ट्र बैंकको स्वीकृतिबिना नै विदेशी लगानी भित्रिँदा त्यसले झनै भयावह रूप लिने देखिएको छ ।
राष्ट्र बैंकको स्वीकृतिबिना नै वैदेशिक लगानी भिœयाउँदा त्यसले लगानी बढ्ने अपेक्षा गरिए पनि पुनः मुद्रालाई बाहिर लैजाँदा भने अपचलन बढ्ने सम्भावना उत्तिकै रहेको बताइन्छ । यस्तो व्यवस्थाले विदेशी मुद्रा अपचलनलाई सहजीकरण तुल्याउन भूमिका खेल्नसक्ने अनुमान गर्न थालिएको छ । यस्तो व्यवस्थाबाट विदेशी मुद्रा सञ्चितिमा पनि समस्या आउन सक्ने पूर्वानुमान गरिएको छ ।
कुनै विदेशी कम्पनीले केन्द्रीय बैंकको स्वीकृतिबिना नै लगानी भित्र्याउँदा त्यस्तो कम्पनीलाई देशबाहिर लाभांश लैजाने बेलामा पनि स्वीकृति नचाहिने व्यवस्था भएपछि कालो धनलाई सेतो धन बनाएर बाहिर लैजाने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । विगतमा भने राष्ट्र बैंकले वैदेशिक लगानीमा निकै कडाइ गर्दा सहज रूपमा कालो धन भित्रिन पाएको थिएन । अब भने कालो धनको बाढी नै आउने र त्यसले मुद्रा अपचलन बढ्ने अनुमान लगाइन थालिएको छ ।
सम्बन्धित समाचार
- पत्रकार महासंघ प्रतिष्ठान प्रदेशकोे अधिवेशन सम्पन्न
- अनुदार ओलीलाई चुनुको सम्झना
-
बालप्रज्ञाको नयाँ अंक बजारमा
-
नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा
-
संसद् विघटन, पार्टी विभाजन र श्रमिकहरूको धारणा
-
पत्रकार महासंघ काठमाडौंद्वारा सञ्चारमन्त्रीसमक्ष १६ बुँदे माग
-
‘संविधान नै बदर गरे भैगयो नि’
- महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे
-
पशुपति विकास कोषलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
-
प्रदेशहरूमा ओलीलाई धक्का, नयाँ सरकार गठनको कसरत
- प्रविधिमैत्री ४११ औँ विशेष कविगोष्ठी
-
पशुपतिमा दाहसंस्कारका तीन विधी
Leave a Reply