बालप्रज्ञाको नयाँ अंक बजारमा
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमाप्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बालस्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेषगरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बालपत्रिकाको प्रकाशन सुरु गरिएको र तेस्रो अंकसम्म आइपुग्दा यो बालसाहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाबीच लोकप्रिय बनेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।
‘बालप्रज्ञा’ को यस अंकमा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छ भने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ । विशेषतः १२ वर्षमुनिका बालबालिका र १६ वर्षमुनिका किशोरकिशोरीको रुचि, भाषिक क्षमता र विषय क्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकांकी र विविध जानकारी यस अंकमा प्रकाशित छन् । साथै ‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत बालबालिकाका सिर्जनाहरू, ‘हाम्रो कुची’ स्तम्भ अन्तर्गत बालबालिकाले बनाएका चित्रहरू, ‘हाम्रो मातृभाषा’ स्तम्भअन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जनाहरू समेटिएका छन् । यसरी नै बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपदहरू यहाँ प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भअन्तर्गत सातै प्रदेशका बालबालिकाका कोरानासम्बन्धी अनुभूतिहरूलाई प्रकाशन गरिएको छ । स्वास्थ्य सचेतताका लागि डा. रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि यहाँ समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भअन्तर्गत प्रदेश २ को भौगोलिक एवं सांस्कृतिक परिचय दिइएको छ ।
प्रज्ञा–प्रतिष्ठानले बालबालिकाको प्रतिभाको सम्मान गरी सिर्जनात्मकविकासको लक्ष्य राखेर बालपत्रिकाको थालनी गरेको हुँदा यसलाई चाँडै नै योजनाबद्ध तरिकाले देशभरिका बालबालिकासम्म पु¥याउने लक्ष्य राखिएको जानकारी पत्रिकाका प्रधान सम्पादक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । प्रा.डा. ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक र नवराज रिजाल, गोपीकृष्ण ढुंगाना र देवु लुइँटेल सम्पादक रहेको र राजेश मानन्धरका भावअनुकूलचित्रहरू रहेको बहुरंगी ८० पृष्ठको उक्त पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानमा हाल भइरहेको पुस्तक प्रदर्शनीमा समेत राखिएको जानकारी प्राज्ञ तथा सञ्चार शाखा प्रमुख शशी लुमुम्बूले बताए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply