‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण
काठमाडौं । माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ एक समारोहबीच हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो ।
स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष अजयराज सुमार्गीले नगरपालिका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरे । भूकम्पपश्चात् भूकम्प प्रभावित विभिन्न जिल्लामा भवन निर्माण गर्ने कार्यक्रमअनुसार कोषले मकवानपुरको बज्रवाराहीमा सामुदायिक भवन निर्माण गरेको हो ।
भूकम्पजस्तो विपत्तिको बेला समुदायका व्यक्तिहरुलाई आश्रयका लागिसमेत सहज बनाउन भवन निर्माण गरेको कोषका अध्यक्ष सुमार्गीले बताए । उनले थाहा आन्दोलनका प्रणेता स्व रूपचन्द्र विष्टको स्मरण गर्दै भवनको नाम थाहा र विकाससँग जोडेर राखिएको उल्लेख गरे । भवन निर्माण सम्पन्न भएको झन्डै तीन वर्ष भए पनि उक्त भवन औपचारिक रूपमा हस्तान्तरण भएको थिएन । समयसमयमा सम्मेलन, भेला तथा सामूहिक कार्यक्रमका लागि उपयोग हुँदै आएको उक्त भवनमा पछिल्लो समय थाहा नगरपालिकाले क्वारेन्टिन स्थापना गरेको छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख विष्टले ‘सामुदायिक थाहा विकास भवन’को संरक्षणका लागि नगरपालिकाले आवश्यकताअनुसार योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राष्ट्रियसभा सदस्य तथा रूपचन्द्र स्मारक समितिका केन्द्रीय अध्यक्ष रामनारायण बिँडारीले कोषको कामको प्रशंसा गरे ।
सम्बन्धित समाचार
-
स्थानीय तहमा मनपरी : गतवर्ष मात्रै पिए र सल्लाहकारका नाममा पौने ६ करोड, गाडी खरिदमा अर्बांै स्वाहा
-
कनिष्ठको बढुवासँगै असन्तुष्टि
-
६८औं विश्व कुष्ठ रोग दिवस
- कृषिमा वैदेशिक लगानीको झनै विरोध
- १५ करोडको घरजग्गा झ्वाम
-
तेस्रो जनआन्दोलनको उभार ल्याउँदै नागरिक समाज
-
प्रतिगमनकाविरुद्ध प्रेस संगठन
- यसरी छानिँदैछन् प्रदेश र जिल्लामा नेकपाका पदाधिकारी
-
मुख्यमन्त्री राईसहित सात निलम्बित
- सुब्बा र कोइरालाबीच भीडन्त
-
‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
-
यसरी म सुकुम्वासी भएँ
Leave a Reply