विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
काठमाडौं । विश्व संस्कृत दिवसको अवसर पारेर ‘संस्कृत: पूर्वीय संस्कृतिको स्रोत’ विषयक अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
वेदको भाषा, संस्कृत को महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममको नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका थिए । विश्व महामारीको रुप लिईरहेको कोभिड –१९ को परिस्थितिमा भौतिक तथा भर्चुअल माध्यममा आयोजना गरिएको कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष एवं संस्कृतविद् सत्यमोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालका १५ संस्कृतविद्ले आफ्नो शोध पत्र प्रस्तुत गरेका थिए भने भारत र विदेशका ३० भन्दा बढि विद्वान्हरूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण, आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृतविद्हरूले सेमिनारमा आ–आफ्नो विचार आदान प्रदान गरे । फेसबूक लाईभको माध्यमबाट हजारौंले यो कार्यक्रममा आफ्नो उपस्थिती जनाएका थिए ।
कार्यक्रमकोे उद्घाटन सत्रमा राजदूत क्वात्रा, शताब्दी पुरुष जोशी, श्री चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा ‘संस्कृतम् भारत–नेपालयोः संपत्तिः– भाग २’ पुस्तकको विमोचन गरिएको थियो ।
सम्बन्धित समाचार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
Leave a Reply