गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय
![गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय](https://ebudhabar.com/wp-content/uploads/2021/08/Gokarneshwora-nagarpalika.jpg)
१४ भदौ, काठमाडौं । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्ने भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्ने भएको हो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/५/१५ गते मंगलबारदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ ।
विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply