भारतीय सहयोगमा सञ्चालित सडक परियोजनाको समीक्षा

काठमाडौं । नेपालको तराई क्षेत्र को सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक विहीबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।
भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माको सह–अध्यक्षतामा उक्त बैठकको आयोजना गरिएको थियो ।
बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासिल गरेको उपलब्धि उपर सन्तुष्टि व्यक्त गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताए ।
नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाई रहेको १० वटा सडकहरु ( १४ वटा प्याकेज÷ठेक्कामा विभाजित) को निर्माण हेतु भारत सरकारले सन् २०१६ मा ८ सय करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको थियो । यी सडकहरुले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ ।
२०७७ चैत्र १८ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाली जनतालाई हस्तान्तरण गरिसकिएको दुवै पक्षले जनाएका छन् ।
सम्बन्धित समाचार
-
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
-
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
-
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
-
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
-
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
-
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
-
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
-
श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास
-
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
-
टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
-
अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको मृत्यु
-
भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम आउने
Leave a Reply