अपरेसन देवीशक्ति : काबुलबाट २४ भारतीय र ११ नेपाली विस्थापितको उद्धार

नयाँदिल्ली । अपरेसन देवीशक्ति अन्र्तगत भारतीय वायुसेनाले २४ भारतीय र ११ नेपाली विस्थापितहरुलाई अफगानिस्तानको कावुलबाट दिल्ली ल्याएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटर मार्फत सो कुराको जानकारी गराएका हुन् । अफगानिस्तानलाई विद्रोही तालीवानीहरुले कब्जा गरेपछि पछिल्लो केहि हप्ताबााट भारतले विस्थापितहरुलाई फर्काउन ‘अपरेसन देवीशक्ति’ अभियान संचालन गरेको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका सबै भारतीयलाई सो युद्धग्रस्त मुलुक छाड्न चाहेका तुरुन्त ‘अफगानिस्तान विशेष सेल’ मा सम्पर्क गर्न आग्रह गरेको थियो ।
हालसम्म, भारतीय नागरिक सहित करिब ६ सय २६ जना विस्थापित भारत आईसकेका छन् । जसमा केहि हिन्दु र शिख अफगानिहरु पनि रहेका बताइएको छ । संघीय मन्त्री हरदिप सिंह पुरीका अनुसार, हालसम्म २ सय २८ भारतीय सहित जम्मा ६ सय २६ नागरिक काबुलबाट विस्थापित भएका छन्, जसमा ७७ जना अफगान शिखहरु रहेका छन् ।
तालिवानीहरुले कब्जा गरेपछि अफगानिस्तानको अवस्था नाजुक बन्दै गएको छ । नागरिकहरु धमाधम आ आफ्नो देश फर्किरहेका छन् । गत अगष्ट १५ मा त्यहाँका तत्कालीन राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।
सम्बन्धित समाचार
-
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
-
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
-
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
-
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
-
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
-
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
-
श्रीलंकाका राष्ट्रपतिले छोडे देश
-
श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास
-
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
-
टेक्सासमा लरीभित्र भेटियो ४२ जनाको शव
-
अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २५० जनाको मृत्यु
-
भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम आउने
Leave a Reply