भारतको सुरक्षा सम्मेलन, रसिया र इरानसहित सात राष्ट्र सहभागी

नयाँ दिल्ली । भारतले आज (नोभेम्बर १०) गर्न लागेको दिल्ली क्षेत्रीय सुरक्षा सम्वादमा प्रमुख राष्ट्रहरु रसिया, इरान, ताजिकिस्तान, काजकास्तान, उजवेकिस्तान, तुर्कमिनिस्तान र कार्जेस्तानका सुरक्षा अधिकारी (प्रतिनिधि) हरु सहभागी हुदैछन् ।
स्रोतका अनुसार यो बैठक क्षेत्रीय सुरक्षा संवेदनशिलतामा केन्द्रित हुनेछ । अफगानिस्तानमा तालीवानीहरुले सत्ता लिएपछि उत्पन्न चुनौतीहरु, विशेषगरि, सिमाभित्र वाहिर पर्यटन क्षेत्रमा पर्ने प्रभाव, कट्टरतावाद र अतिवादको प्रभाव, सिमापार गतिविधि, लागुऔषध उत्पादन र प्रयोग, हातहतियारको सम्भावित उपयोगआदिका बारेमा छलफल हुने बताइएको छ ।
सो बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जोडिने सहभागी उच्च सुरक्षा अधिकारीहरुको अपेक्षा रहेको संचारमाध्यमहरुले जनाएका छन् ।
बैठकमा सहभागी केहि प्रतिनिधिहरुले अमृतसार र आग्राको दृष्यावलोकन गर्ने पनि बताइएको छ । बैठकमा बहुपक्षीय विषयहरु बाहेक द्धिपक्षीय बैठक तथा छलफलहरु पनि हुने बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार, उच्च तहको यो संवादले अफगानिस्तानको नयाँ विकसित घटनाक्रमपछिको समग्र सुरक्षा अवस्थाको समिक्षा गर्नेछ । ‘परम्परादेखि नै भारतको अफगानिस्तानका जनतासँग घनिष्ठ र मित्रवत् सम्वन्ध रहदै आएको छ, त्यसैले अफगानिस्तानले भोगिरहेको सुरक्षा र मानवीय चुनौतीहरुलाई अन्तर्राष्ट्रियरुपमा सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ । यो बैठक सोही दिशातर्फको कदम हो’, विदेश मन्त्रालयले भनेको छ ।
यसैविच, चीन र पाकिस्तानले भने समय तालिका नमिलेको भन्दै सो बैठकमा सहभागी नहुने बताइसकेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
भारतमा ९२ सांसद निलम्बित
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
Leave a Reply