माओवादी प्रदेश १ : नौ पदाधिकारीमा ४० जना दाबेदार

७ पुस, इटहरी । नेकपा माओवादी १ नम्बर प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि ४० भन्दा धेरै मैदानमा उत्रिएका छन्।
जारी प्रदेश अधिवेशनमा पदाधिकारीमा सहमति हुन नसकेपछि माओवादीले निर्वाचन गर्न लागेको हो।
कार्यदल बनाएरै सहमति कोसिस गरिए पनि सम्भव नभएपछि निर्वाचन तयारी गरिएको हो।
यस्तोमा अध्यक्ष पदमा मात्रै ५ जना भन्दा धेरैको दाबी देखिएको छ।
पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ र मोहनकुमार खत्रीलगायत दाबेदार छन्।
पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच मंगलबार छलफल भएको थियो। छलफलमा पदाधिकारीका ४० जना आकांक्षी सहभागी थिए।
सर्वसम्मत बनाउन कार्यदल बनेको थियो तर, सहमति हुन सकेन, कोषाध्यक्ष पदका उमेदवार माओवादी नेता मदन चुडालले भने, आजै चुनाव हुने सम्भावना छ, बैठकले निर्णय गर्ला।
३ जना उपाध्यक्षका लागि दर्जन बढी नेताको दाबी छ। यस्तै १ जना सचिवका लागि आधा दर्जनको दाबी छ। माओवादी स्रोतका अनुसार बागमती प्रदेशमा पदाधिकारी निर्वाचनबाट चयन गरेपछि प्रदेश १ मा पनि निर्वाचनबाटै टुंग्याउनुपर्ने आवाज उठेको छ।
महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी बिनिता घिमिरे, धनकुटाकी धनकुमारी विकले दाबी गरिरहेका छन्।
समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवको दाबी छ। खुल्ला उपाध्यक्षमा सुनसरीका भोला बस्नेतले दाबी गरेका छन्।
सचिवमा मोरङका गणेश उप्रेती, झापाका सीपी कडारिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना र ओखलढुंगाबाट मोहनकुमार खड्कालगायत दाबेदार छन्।
गत मंसिर २५-२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो। २७१ जनाले अब प्रदेश पदाधिकारीको लागि मतदान गर्ने छन्।
यसअघि पदाधिकारी चयनका लागि ५ सदस्यीय कार्यदल बनाइएको थियो। कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी थिए।
उक्त समितिको सोमबार बसेको बैठकमा पनि सहमति नजुटेपछि प्रदेश १ का केन्द्रीय सदस्यहरुको बैठक राखिएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply