माओवादी प्रदेश १ : नौ पदाधिकारीमा ४० जना दाबेदार
७ पुस, इटहरी । नेकपा माओवादी १ नम्बर प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि ४० भन्दा धेरै मैदानमा उत्रिएका छन्।
जारी प्रदेश अधिवेशनमा पदाधिकारीमा सहमति हुन नसकेपछि माओवादीले निर्वाचन गर्न लागेको हो।
कार्यदल बनाएरै सहमति कोसिस गरिए पनि सम्भव नभएपछि निर्वाचन तयारी गरिएको हो।
यस्तोमा अध्यक्ष पदमा मात्रै ५ जना भन्दा धेरैको दाबी देखिएको छ।
पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ र मोहनकुमार खत्रीलगायत दाबेदार छन्।
पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच मंगलबार छलफल भएको थियो। छलफलमा पदाधिकारीका ४० जना आकांक्षी सहभागी थिए।
सर्वसम्मत बनाउन कार्यदल बनेको थियो तर, सहमति हुन सकेन, कोषाध्यक्ष पदका उमेदवार माओवादी नेता मदन चुडालले भने, आजै चुनाव हुने सम्भावना छ, बैठकले निर्णय गर्ला।
३ जना उपाध्यक्षका लागि दर्जन बढी नेताको दाबी छ। यस्तै १ जना सचिवका लागि आधा दर्जनको दाबी छ। माओवादी स्रोतका अनुसार बागमती प्रदेशमा पदाधिकारी निर्वाचनबाट चयन गरेपछि प्रदेश १ मा पनि निर्वाचनबाटै टुंग्याउनुपर्ने आवाज उठेको छ।
महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी बिनिता घिमिरे, धनकुटाकी धनकुमारी विकले दाबी गरिरहेका छन्।
समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवको दाबी छ। खुल्ला उपाध्यक्षमा सुनसरीका भोला बस्नेतले दाबी गरेका छन्।
सचिवमा मोरङका गणेश उप्रेती, झापाका सीपी कडारिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना र ओखलढुंगाबाट मोहनकुमार खड्कालगायत दाबेदार छन्।
गत मंसिर २५-२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो। २७१ जनाले अब प्रदेश पदाधिकारीको लागि मतदान गर्ने छन्।
यसअघि पदाधिकारी चयनका लागि ५ सदस्यीय कार्यदल बनाइएको थियो। कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी थिए।
उक्त समितिको सोमबार बसेको बैठकमा पनि सहमति नजुटेपछि प्रदेश १ का केन्द्रीय सदस्यहरुको बैठक राखिएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply