संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने
५ माघ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ।
संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो।
त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
संसदीय सुनुवाई समितिले यसअघि पनि संवैधानिक निकाय मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो। तर त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको पनि उनले बताए।
प्रवक्ता पाण्डेले भने, सरकारको तर्फबाट प्रस्ताव गरिने राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति जो संसदीय सुनुवाई अनिवार्य गरिएको हुन्छ, संविधानले पनि, तिनीहरुको नियुक्ति गर्दाखेरी समावेशी र समानुपातिक हिसावले सबै वर्ग, तहका वा क्षेत्रका चाँही प्रतिनिधित्वहरु भएनन्। त्यसलाई व्यवहारिक हिसावले पनि मिलाइएन
समितिले पनि निर्देशन दिइराखेको अवस्थामा यो कार्यान्वयन हुन नसकेको अवस्थामा चाहिँ सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले बैठक बसेको हो। अब आजको बैठकमा चाहिँ विशेषगरी यो सन्दर्भमा सरकारको पुनध्यानाकर्षण गराउने र आगामी बैठकमा प्रधानमन्त्रीज्यूलाई यो सम्बन्धमा छलफल गर्नका लागि आमन्त्रण गर्नेगरी बैठक टुंगिएको अवस्था हो। र यसको मिति र समय निर्धारण संसदीय सुनुवाई समितिको अध्यक्षलाई जिम्मा दिएर प्रधानमन्त्रीज्यूसँग समन्वय गरेर मिलाउने भन्ने तरिकाले आजको बैठकले निर्णय गरेको हो।
बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदूत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिएपनि सरकारले सोही अनुसार गर्न नसकेको बताएका थिए।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
Leave a Reply