पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा चैत १५ गते पक्राउ परेका खड्कालाई उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिँदै विदेश जानुअघि अनुमति लिनुपर्ने सर्त समेत राखेको छ। उल्लेखनीय कुरा के भने, जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली र विदेशी नोटका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका थिए।
केही प्रदर्शनकारीले सग्ला नोट लैजाँदै गरेको दृश्यसमेत सार्वजनिक भएपछि उक्त घटनाले थप विवाद सिर्जना गरेको थियो। सोही विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो।
विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरेर अनुसन्धान अघि बढाएको थियो।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply