एमाले दैलेखमा पुनः मतदान शुरु

२ चैत, सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।
गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।
सहमति जुट्न सकेन, अब निर्वाचनबाटै नेतृत्वको टुंगो लगाइने भएको छ, बिहानैदेखि शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ,’ अध्यक्ष शाहले भने ।
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या ७२१ रहेको छ ।
अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply