एमाले दैलेखमा पुनः मतदान शुरु
२ चैत, सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।
गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।
सहमति जुट्न सकेन, अब निर्वाचनबाटै नेतृत्वको टुंगो लगाइने भएको छ, बिहानैदेखि शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ,’ अध्यक्ष शाहले भने ।
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या ७२१ रहेको छ ।
अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply