पाल्पामा एमालेले टु्ंग्यायो सबै पालिकाको उम्मेद्वार
११ वैशाख, पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्वार टुंगो लगाएको छ ।
नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन् ।
निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको नेकपा एमाले तानसेन नगर प्रमुख गुराँस आत्रेयले जानकारी दिए ।
यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेद्वार बनाइने छ ।
रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेद्वार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ ।
वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाउन बैठक जारी छ । पाल्पामा शनिबार मात्रै सत्ता साझेदार दलहरुको बैठकले प्रमुख र उप प्रमुखको भागबण्डा गरेका थिए ।
सम्बन्धित समाचार
- उदयपुरको त्रियुगा-१० मा गोलप्रथा गर्दा एमालेका किरण विजयी
- काठमाडौं-१३ मा एमालेको प्यानलै विजयी
- अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी
- काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत
- स्थानीय निर्वाचन : आठ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी
- काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
- गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
- ७३४ पालिकाको मत परिणाम : कांग्रेस ३२१, एमाले २०० र माओवादी १२० वटामा विजयी
- भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
- काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन र उपमेयरमा एमालेकी सुनिताको अग्रता
- ७२६ पालिकाको मत परिणाम : कांग्रेस ३२०, एमाले १९७ र माओवादी १२० वटामा विजयी
- भरतपुरमा रेनु दाहालको फराकिलो अग्रता
Leave a Reply