७३४ पालिकाको मत परिणाम : कांग्रेस ३२१, एमाले २०० र माओवादी १२० वटामा विजयी
१० जेठ, काठमाडौं । देशभरका ७५३ पालिकामध्ये अहिलेसम्म ७३४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । २७५ नगरपालिका र ४५९ गाउँपालिका गरी ७३४ पालिकाको मत परिणाम सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।
सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३२१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २०० वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १२३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।
तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार-चार वटा पालिकाको प्रमुख पद जितेका छन् । यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक-एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३२१
उपमेयर/उपाध्यक्ष-२९५
नेकपा एमाले
मेयर/अध्यक्ष-२००
उपमेयर/उपाध्यक्ष-२२८
माओवादी केन्द्र
मेयर/अध्यक्ष-१२०
उपमेयर/उपाध्यक्ष-१२८
जसपा
मेयर/अध्यक्ष-२९
उपमेयर/उपाध्यक्ष-३०
एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१९
उपमेयर/उपाध्यक्ष-२१
लोसपा
मेयर/अध्यक्ष-१५
उपमेयर/उपाध्यक्ष-११
राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४
जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
तमलोपा
मेयर/अध्यक्ष-१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
स्वतन्त्र
मेयर/अध्यक्ष-१२
उपमेयर/उपाध्यक्ष-४
#स्थानीय तह निर्वाचन २०७९
प्रतिक्रिया
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply