९ जेष्ठ २०७९, सोमबार ०३:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन र उपमेयरमा एमालेकी सुनिताको अग्रता
९ जेठ, काठमाडौं । काठमाडौंको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मतसहित अग्रता कायम गरेका छन् ।
महानगरको एक लाख २८ हजार ४८५ मत गन्दा बालेन साहले ४३ हजार ८५० मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २५ हजार ५९ मत पाएका छन् ।
यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २२१ मत पाएकी छन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८१० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४११ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply