७२६ पालिकाको मत परिणाम : कांग्रेस ३२०, एमाले १९७ र माओवादी १२० वटामा विजयी
९ जेठ, काठमाडौं । गत बैसाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
२६८ नगरपालिका र ४५८ वटा गाउँपालिका गरी ७२६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३२० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले २९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १९७ वटा पालिकाको प्रमुख र २२५ वटा पालिकाको उप-प्रमुख पदमा जित हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले १२० वटा पालिकाको प्रमुख तथा १२८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।
जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।
नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply