कञ्चनपुरका ९ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार
११ वैशाख, धनगढी । नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लागेको जानकारी दिए ।
उनका अनुसार जिल्लाको सबैभन्दा पूरानो भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यस्तै दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइने पाठकले बताए ।
यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बन्ने भएकी छन् ।
सम्बन्धित समाचार
- उदयपुरको त्रियुगा-१० मा गोलप्रथा गर्दा एमालेका किरण विजयी
- काठमाडौं-१३ मा एमालेको प्यानलै विजयी
- अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी
- काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत
- स्थानीय निर्वाचन : आठ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी
- काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत
- गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
- ७३४ पालिकाको मत परिणाम : कांग्रेस ३२१, एमाले २०० र माओवादी १२० वटामा विजयी
- भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
- काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन र उपमेयरमा एमालेकी सुनिताको अग्रता
- ७२६ पालिकाको मत परिणाम : कांग्रेस ३२०, एमाले १९७ र माओवादी १२० वटामा विजयी
- भरतपुरमा रेनु दाहालको फराकिलो अग्रता
Leave a Reply