१९ जेष्ठ २०७९, बिहीबार ०३:२०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
![कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु](https://ebudhabar.com/wp-content/uploads/2021/09/death-1.jpg)
१९ जेठ, चितवन । पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ छन् । उनी चितवनकै कालिका नगरपालिका ४ का स्थायी बासिन्दा हुन् ।
बुधबार राति खैरहनी नगरपालिका वडा नं. ९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ सख्त घाइते भएका थिए ।
उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए ।
ठक्कर दिने कार र चालक विहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
-
सुर्खेतमा आज एमालेको जनसभा
-
‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply