टर्कीले बदल्यो आफ्नो नाम, अब तुर्किय भन्नुपर्ने

पश्चिम एसिया र दक्षिणपूर्वी युरोपमा अवस्थित मुलुक टर्कीले आफ्नो नाम फेरेको छ। अंकाराको औपचारिक आग्रहपछि अब संयुक्त राष्ट्रसंघमा सो मुलुकलाई तुर्किय भनिने छ।
सो मुलुकले अनेकौँ अन्तर्राष्ट्रिय संस्थाहरुलाई नाम परिवर्तनका लागि आग्रह गर्नेछ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत वर्ष नाम फेरेर मुलुकलाई ‘रिब्रान्ड’ गर्ने अभियान सुरु गरेका थिए।
यहाँका जनताको संस्कृति, सभ्यता र मान्यतालाई सबैभन्दा उत्तम तरिकाले तुर्कियले प्रतिनिधित्व गर्छ, डिसेम्बरमा उनले भनेका थिए।
यसैसाता नाम परिवर्तनको आग्रह आएपछि सो परिवर्तन गरिएको राष्ट्रसंघले जनाएको छ।
धेरैजसो तुर्कहरुले आफ्नो मुलुकलाई तुर्किय नै भन्ने गर्छन्। तर, अंग्रेजीकरण भएको टर्की व्यापक प्रयोगमा छ।
सरकारी प्रसारक टीआरटीले गत वर्षदेखि नै नाम परिवर्तन गरिसकेको थियो। उसले नाम परिवर्तनको कारणमध्ये चरा टर्की र देशको नामबीच फरक नसुनिनु पनि भएको जनाएको थियो।
त्यस्तै, क्याम्ब्रिज शब्दकोशमा टर्कीको अर्थमा ‘नराम्ररी असफल’ वा ‘मूर्ख व्यक्ति’ भन्ने उल्लेख भएको भन्दै अर्को कारण दिइएको थियो।
कतिपयले भने यो प्रयास प्रभावकारी नहुने बताएका छन्।
२०२० मा नेदरल्यान्ड्सले आफूलाई ‘रिब्रान्डिङ’ गर्ने प्रयासमा हल्यान्ड नाम प्रयोग गर्न छाडेको थियो। त्यसअघि ग्रिससँगको विवादका कारण म्यासेडोनियाले नाम परिवर्तन गरी उत्तर म्यासेडोनिया बनाएको थियो।
२०१८ मा स्वाजिल्यान्डले नाम परिवर्तन गरेर एस्वातिनी राखेको थियो।
इरानलाई इतिहासमा पर्सिया भनिन्थ्यो, सियाम थाइल्यान्ड बन्यो भने रोडेसिया जिम्बाबे। बीबीसी
सम्बन्धित समाचार
-
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
-
प्यूठानमा चट्याङ लागेर दुई बालकको मृत्यु, १० घाइते
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
-
देशका धेरै स्थानमा बर्षाको सम्भावना
-
जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ सिफारिस
-
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
Leave a Reply