घुस संवादमा मुछिएका अधिवक्ता पोखरेलले दिए स्पष्टीकरण

९ साउन, काठमाडौं । न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषदमा स्पष्टीकरण दिएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।
उनले बुझाएको स्पष्टीकरणमा आरोप अस्वीकार गरेको परिषदका एक सदस्यले जानकारी दिए । ‘अडियो र कुराकानी मेरै हो भन्नुभएको रहेछ, परिषद स्रोतले भन्यो, ‘तर अरु नै प्रसंगमा बोलेका कुराहरुलाई तोडमोड गरिएको भनेर उहाँले आरोप अस्वीकार गर्नुभएको छ ।
स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषदको अनुशासन समितिको बैठक बस्नेछ ।
त्यसपछि थप स्पष्टीकरण सोध्ने, बयानका लागि सशरीर बोलाउने वा सोझै कारवाहीको निर्णय गर्नेमध्ये कुनै निर्णय हुनसक्ने परिषदका एक सदस्यले बताए । ।
गत महिना जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता पोखरेल छानबिनमा परेका थिए ।
परिषदले पत्र पठाए पनि उनले म्याद नबुझेका कारण थप कारवाही अघि बढाउन सकेको थिएन । सबैतिरका ठेगानामा पत्राचार गर्ने प्रयास असफल भएपछि काउन्सिलले सार्वजनिक सूचना निकालेको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply