घुस संवादमा मुछिएका अधिवक्ता पोखरेलले दिए स्पष्टीकरण
९ साउन, काठमाडौं । न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषदमा स्पष्टीकरण दिएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।
उनले बुझाएको स्पष्टीकरणमा आरोप अस्वीकार गरेको परिषदका एक सदस्यले जानकारी दिए । ‘अडियो र कुराकानी मेरै हो भन्नुभएको रहेछ, परिषद स्रोतले भन्यो, ‘तर अरु नै प्रसंगमा बोलेका कुराहरुलाई तोडमोड गरिएको भनेर उहाँले आरोप अस्वीकार गर्नुभएको छ ।
स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषदको अनुशासन समितिको बैठक बस्नेछ ।
त्यसपछि थप स्पष्टीकरण सोध्ने, बयानका लागि सशरीर बोलाउने वा सोझै कारवाहीको निर्णय गर्नेमध्ये कुनै निर्णय हुनसक्ने परिषदका एक सदस्यले बताए । ।
गत महिना जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता पोखरेल छानबिनमा परेका थिए ।
परिषदले पत्र पठाए पनि उनले म्याद नबुझेका कारण थप कारवाही अघि बढाउन सकेको थिएन । सबैतिरका ठेगानामा पत्राचार गर्ने प्रयास असफल भएपछि काउन्सिलले सार्वजनिक सूचना निकालेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply