एमालेमा साझा मत : समानुपातिकलाई दोहोर्याउनु हुन्न

११ भदौ, काठमाडौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा सबै प्रदेशका अध्यक्षहरुको रिर्पोटिङ सकिएको छ । अध्यक्षकेपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा सुझावहरु दिदै सबै समुहका टोली नेताहरुले एक पटक समानुपातिकको अवसरपाइसकेकालाई नदोहोर्याउन सुझाव दिएका छन् ।
एक केन्द्रीय सदस्य गीता कार्कीले दिएका जानकारी अनुसार एमाले सरकारमा हुँदा नियुक्ती वा अवसर पाएकाहरुलाई पनि तत्कालसाँसदका लागि सिफारिस गर्न नहुने सुझाव प्रदेश अध्यक्षहरुले दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएर पराजित भएकाको हकमा जनताले एक प्रकारको मनोविज्ञान बनाइसकेको हुनाले उनीहरुलाईअहिले उम्मेद्वार बनाउनु नहुने सुझाव बैठकमा पेश गरिएको छ ।
समुहगत छलफलमा प्रदेशका इन्चार्जहरु क्रमश प्रदेश १ बाट देवराज घिमिरे, मधेशप्रदेशबाट रामऔतार यादव, बागमतीबाट काशीनाथअधिकारी, गण्डकीबाट गोविन्द्यबहादुर नेपालीले समुहगत छलफलको निष्कर्ष सुनाउनु भएको थियो । यसैगरी कर्णालीबाट यामलालकडेल,सुदुरपश्चिमबाट लेखराज भट्ले समुहगत छलफलका निष्कर्ष सुनाउनु भएको थियो ।
यस्तै जनसंगठनका तर्फबाट भानुभक्त ढकाल,केन्द्रीय विभागका टोपबहादुर रायमाझीले सुझावहरु प्रष्तुत गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply