३० कार्तिक २०७९, बुधबार ०७:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड गरेका छन् । चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठको गाडीमाथि मंगलबार बिहान ११ बजेतिर तोडफोड भएको थियो ।
विप्लवका कार्यकर्ताले राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी आफूहरुले तोडफोड गरेको बताएका छन् । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका– १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो ।
डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन सुरु गरिएको बताए । घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडिमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेर भागेका थिए ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
-
कुइनेटाहरूमा मुकेशलाई भेट्दा
Leave a Reply