आजबाट श्री स्वस्थानी व्रत सुरु

२२ पुस ,काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।
स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।
संस्कृतिविद् जोशीका अनुसार, स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ ।
जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।
सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार स्वस्थानी व्रतले त्यसबखतको पुरुष प्रधान समाजलाई प्रस्तुत गर्छ । त्यो बेलाको शक्ति अर्थात् स्त्री जाती प्रधान धर्म, तन्त्र प्रधान धर्मको प्रभाव आजसम्म पनि छ । संसारका सारा नाराहरु शक्ति हुन् जसको प्रतीक पार्वती र दुर्गा भवानी हुन् ।
श्रेष्ठ भन्नुहुन्छ, ‘‘शुद्ध मन र आस्थाले व्रत बस्नाले अज्ञानीलाई ज्ञान प्राप्त हुने, सन्तान नहुनेलाई सन्तान हुने, पुत्र नभएकालाई पुत्रलाभ हुने, धनसम्पत्ति नहुनेलाई धन प्राप्त हुने, घर परिवार वा श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामनासहित धार्मिक आस्था र मान्यता रहेको छ ।’’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply